१३ भदौ २०८३, शनिबार | August 29, 2026

एमाले नेता तथा कार्यकता महाधिवेशन प्रनिनिधि चयनमा व्यस्त



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा कार्यकर्ता यही मङ्सिर २७ देखि २९ गतेसम्म यहाँ आयोजना हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आज स्वदेश र प्रवासमा व्यस्त छन् ।

पार्टीका करिब छ लाख ६७ हजार ६३० सङ्गठित सदस्यबाट झण्डै दुई हजार २०० सय प्रतिनिधि चयन गर्न जिल्ला–जिल्लामा उनीहरू व्यस्त भएका हुन् ।

महाधिवेशनका लागि यसपटक प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवक प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ भने प्रदेश कमिटीहरूबाट ४५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब एक हजार, विशेष जिaल्ला कमिटीबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४० प्रतिनिधि चयन हुने छन् ।

पार्टी विधानअनुसार महाधिवेशनमा आयोजक केन्द्रीय कमिटीबाट तीन सय ५४ स्वतः प्रतिनिधि हुनेछन् । केन्द्रीय अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद् बाट २५ प्रतिनिधि गरी चार सय ६४ स्वतः प्रतिनिधि हुने छन् ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गत कात्तिक १५ गतेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति एक हजार २०० सङ्गठित सदस्य बराबर दुई खुला र एक महिला एक प्रतिनिधि हुनुपर्ने व्यवस्थाबमोजिम प्रतिनिध छनोट जारी छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  १ : २२ बजे

भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

काठमाडौं । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका

बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले