९ माघ २०८२, शुक्रबार | January 23, 2026

कालिका मानवज्ञान माविका ४२ विद्यार्थीले पाए निःशुल्क स्नातक छात्रवृत्ति, एमबीबीएसमै ११ जनाको सफल नाम



बुटवल । बुटवल-१० कालिका नगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका कक्षा १२ उत्तीर्ण ४२ विद्यार्थी नेपाल सरकारले प्रदान गर्ने स्नातक तहको निःशुल्क छात्रवृत्तिमा छनोट भएका छन् । सामुदायिक विद्यालयतर्फ एकै वर्षमा यति ठूलो संख्यामा विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नु यो पहिलोपटक भएको विद्यालयले जनाएको छ ।

उत्तीर्ण विद्यार्थीमध्ये एउटै विद्यालयबाट ११ जनाले निःशुल्क एमबीबीएसमा नाम निकाल्दै उत्कृष्ट सफलता हासिल गरेका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार ११ जनाले एमबीबीएस, २३ जनाले बीफार्मा, दुई-दुई जनाले बीएससी नर्सिङ र बिबिएस्सी (BSc Ag/Forestry) तथा एक-एक जनाले बी-टेक र बिबिएसमा निःशुल्क छात्रवृत्ति प्राप्त गरेका छन् ।

प्रधानाध्यापक थापाले विद्यालय, विद्यार्थी र अभिभावकबीचको साझा सहकार्य र निरन्तर मेहनतकै कारण उत्कृष्ट नतिजा प्राप्त भएको बताए । उनका अनुसार विद्यालयले गुणस्तरीय शिक्षा, नियमित परामर्श तथा अनुशासित वातावरणमार्फत विद्यार्थीलाई लक्ष्य हासिल गर्न प्रेरित गर्दै आएको छ ।

कालिका मानवज्ञान मावि बुटवल-१० कालिकानगर र रामनगर गरी दुई सेक्टरमा सञ्चालन हुँदै आएको छ । देशकै सबैभन्दा बढी, ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक उपलब्धिका नयाँ कीर्तिमान स्थापित गर्दै आएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : २२ बजे

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा