१३ भदौ २०८३, शनिबार | August 29, 2026

सही नेतृत्व छान्नुहोस्, समृद्ध नेपाल सम्भव छ : मन्त्री घिसिङ



धरान । सहरी विकासमन्त्री कुलमान घिसिङले देशलाई समृद्ध बनाउन योग्य नेतृत्व चयन गर्ने समय आएको बताएका छन् । आज धरानमा आयोजित चौथो ‘१० करोड बज्रगुरु जप, एक हजार २०० प्राचीन अष्टगुरु रिन्पोछे लिला विश्व शान्ति पूजा तथा ङ्युङ्ने व्रत २०८२’ को समापन समारोहमा उनले नयाँ सोचका व्यक्ति र वैकल्पिक शक्ति एकजुट भएर अघि बढे मात्र मुलुकले रूपान्तरणको मार्ग समात्ने भन्दै त्यो अवसर नगुमाउन आग्रह गरे ।

मन्त्री घिसिङले आपसी गालीगलौज र आरोपप्रत्यारोपले होइन, एकता र सहकार्यले मात्र राष्ट्र अघि बढ्ने स्पष्ट पारे । उनले भने, “हामी एकअर्कालाई गाली गरेर होइन, एकजुट भएर अघि बढ्नु आजको आवश्यकता हो । सबै एक भएर अघि बढ्दा मात्र देश समृद्धितर्फ जान्छ ।”

उनले आगामी निर्वाचनलाई देश परिवर्तनको ठूलो अवसरका रूपमा व्याख्या गर्दै जनतालाई जिम्मेवारीपूर्वक सही नेतृत्व छनोट गर्न आग्रह गरे । “नेपाललाई अन्धकारबाट उज्यालोतिर लैजान सही नेतृत्व छान्नुपर्छ । सही व्यक्ति सही समयमा सही स्थानमा पुग्यो भने देश विकासले गति लिन्छ”, घिसिङले भने,“राजनीतिक परिवर्तन मात्र पर्याप्त हुँदैन । सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र युवाका लागि रोजगारी सिर्जना नभएसम्म देशले वास्तविक उन्नति हासिल गर्न सक्दैन । राजनीति बदलिँदैमा देश बन्दैन, प्रणाली बलियो हुनुपर्छ । युवालाई रोजगारी नदिए, सुशासन नआए, समृद्धि आउँदैन ।”

वर्तमान सरकारको प्रमुख दायित्व आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने रहेको उल्लेख गर्दै उनले नेपाललाई स्थायित्वतर्फ डो¥याउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ८ : १४ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण