२७ माघ २०८२, मंगलबार | February 11, 2026

पुस २८ भित्र विशेष महाधिवेशन हुन कसैले रोक्न मिल्दैन : कांग्रेस महाधिवेशन पक्षधर



काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर प्रदेश तथा जिल्ला सभापतिहरूले पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताएका छन् । कांग्रेसका २६ जिल्ला सभापति र एक प्रदेश सभापतिले आज संयुक्त विज्ञप्ति जारी गरी पुस २८ भित्र विशेष महाधिवेशन कसैले रोक्न नमिल्ने बताएका हुन् ।

ऐतिहासिक, लोकतान्त्रिक र जिम्मेवार पार्टी कांग्रेसले डेढ महिनासम्म केन्द्रीय कार्यसमितिको बैठकमार्फत महाधिवेशनको कार्यतालिका तोक्न नसक्नु दुःखद भएको बताउँदै उनीहरूले असोज २९ गते दर्ता गरेको विशेष महाधिवेशनको मागलाई टार्ने प्रयत्न भइरहेको भन्दै आपत्तिसमेत जनाएका छन् ।

“ऐतिहासिक, लोकतान्त्रिक र जिम्मेवार पार्टी यस्तो संवेदनशील समयमा दूत गतिमा निष्कर्षमा पुगेर अरूलाई समेत दिशानिर्देश गर्दै नयाँ ऊर्जाका साथ निर्वाचनको तयारीमा लाग्नुपर्नेमा महिनौँसम्म आफ्नै महाधिवेशनका सन्दर्भमा अनिर्णयको बन्दी बन्नु अत्यन्त दुःखद विषय हो”, विज्ञप्तिमा भनिएको छ ।

पार्टीको महाधिवेशनको सम्भावनाको ढोका बन्द गर्ने गलत मनसायका साथ अनावश्यक रुपमा बैठक लम्ब्याउँदै गएको अरोप लगाइएको छ ।

फागुन २१ का लागि घोषित आम निर्वाचनमा नेपाली कांग्रेस नयाँ नेतृत्व र नीतिसहित नवीन ऊर्जा लिएर जानुपर्ने पक्षधरको माग छ । हस्ताक्षर गर्नेमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नवलपुरका सभापति महेन्द्रध्वज जिसी, बैतडीका सभापति चतुरबहादुर चन्द, अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, धनकुटाका सभापति दिनेश राई, भोजपुरका सभापति विनोद वान्तवा र तेह्रथुमका सभापति अर्जुन तुम्बाहाम्फे छन् । यस्तै, हस्ताक्षर गर्नेमा सुनसरीका सभापति केदार भण्डारी, उदयपुरका सभापति हिमाल कार्की, सप्तरीका सभापति रामदेव शाह, रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, काठमाडौँका सभापति सबुज बानियाँ, ललितपुरका सभापति जितेन्द्र श्रेष्ठ काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामालगायत रहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १० : ३२ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा