१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

राष्ट्रिय सभागृहमा कांग्रेस विशेष भेला, नेतृत्वमाथि दबाब बढ्दै



काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै आएको समूहले आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष भेला आह्वान गरेको छ । दिउँसो १ बजे सुरु हुने उक्त भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिमाथि दबाब वाढाउने बताइएको छ ।

विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू आजको भेलामा सहभागी हुनेछन् । कांग्रेस केन्द्रीय समिति बैठक भोलि (बिहीबार) बस्ने भएपछि विशेष महाधिवेशन पक्षधरले बैठकअघि नै संगठित दबाब सिर्जना गर्ने उद्देश्य राखेको बुझिएको छ ।

गत असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावअघि वा पछि गर्ने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले चुनावभन्दा पहिल्यै नियमित महाधिवेशन वा त्यो सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । तर सभापति शेरबहादुर देउवा पक्षले चुनावअघि महाधिवेशन सम्भव नहुने भन्दै आएको छ ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागसहित असोज २९ गते केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित निवेदनसमेत दर्ता गरिसकेका छन् । आजको भेला विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेको अगुवाइमा हुँदैछ । तर महामन्त्रीद्वय थापा र शर्मा भने उक्त भेलामा सहभागी नहुने बुझिएको छ ।

विशेष भेलालाई नरहरि आचार्य, महेश आचार्य, तारानाथ रानाभाट, बलदेव शर्मा मजगैयाँलगायत वरिष्ठ नेताहरूले सम्बोधन गर्ने तयारी छ । यसअघि विशेष महाधिवेशन पक्षधरले मंगलबार काठमाडौं उपत्यकाका नेताहरू, बागमती प्रदेशका जिल्ला तथा क्षेत्रीय सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संगठनका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : ५१ बजे

जलजला हिमाल र बादलको लुकामारी

म्याग्दी । पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको

क्यान्सर अस्पतालमा औषधि अभाव

चितवन । क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल

६० वर्ष भन्दा पुरानो पुलबाट मुक्ति पाउँदै बाँके-बर्दियाका यात्रुहरु

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गतको नेपालगन्ज-गुलरिया सडकको खजुरा खण्डमा रहेको

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार