२७ माघ २०८२, मंगलबार | February 11, 2026

एनपीएलमा सोमबार ब्रेक, प्लेअफको समीकरण रोचक



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार खेलपछि सोमबार खेल नभई ‘ब्रेक’ दिइएको छ । आइतबार सम्पन्न १९ औं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेसँगै अंक तालिकाको प्रतिस्पर्धा झनै चर्किएको छ ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा पुगिसकेको छ । काठमाडौं गुर्खाजले पाँच खेलमा दुई हार व्यहोर्दै ८ अंक जोडेको छ । विराटनगर किंग्सको पनि समान ८ अंक भए पनि रनरेटका आधारमा काठमाडौं दोस्रो र विराटनगर तेस्रो स्थानमा छन् ।

चितवन राइनोज र लुम्बिनी लायन्स दुवैको ४-४ अंक छ । लुम्बिनीले पाँच खेल सकाइसकेको छ भने चितवनले चार खेल खेलेको छ । रनरेटमा चितवन चौथो र लुम्बिनी पाँचौँ स्थानमा रहेका छन् । कर्णाली याक्स र पोखरा एभेन्जर्सको दुई-दुई अंक छ । यीमध्ये कर्णाली छैटौँ र पोखरा सातौँ स्थानमा छन् । जनकपुर बोल्ट्स भने अझै अंकविहीन अवस्थासहित तालिकाको पुछारमै छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरी भइरहेका प्रतियोगितामा नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । मंसिर १ गतेदेखि सुरु भएको एनपीएल २७ गतेसम्म चल्नेछ । लिग चरण, तीन प्लेअफ तथा फाइनल गरी प्रतियोगितामा ३२ खेल सञ्चालन हुनेछन् ।

सोमबार विश्राम लिएको एनपीएलमा मंगलबार पुनः दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन् भने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : ४४ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा