१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

एनपीएलमा सोमबार ब्रेक, प्लेअफको समीकरण रोचक



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार खेलपछि सोमबार खेल नभई ‘ब्रेक’ दिइएको छ । आइतबार सम्पन्न १९ औं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेसँगै अंक तालिकाको प्रतिस्पर्धा झनै चर्किएको छ ।

अंक तालिकामा अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा पुगिसकेको छ । काठमाडौं गुर्खाजले पाँच खेलमा दुई हार व्यहोर्दै ८ अंक जोडेको छ । विराटनगर किंग्सको पनि समान ८ अंक भए पनि रनरेटका आधारमा काठमाडौं दोस्रो र विराटनगर तेस्रो स्थानमा छन् ।

चितवन राइनोज र लुम्बिनी लायन्स दुवैको ४-४ अंक छ । लुम्बिनीले पाँच खेल सकाइसकेको छ भने चितवनले चार खेल खेलेको छ । रनरेटमा चितवन चौथो र लुम्बिनी पाँचौँ स्थानमा रहेका छन् । कर्णाली याक्स र पोखरा एभेन्जर्सको दुई-दुई अंक छ । यीमध्ये कर्णाली छैटौँ र पोखरा सातौँ स्थानमा छन् । जनकपुर बोल्ट्स भने अझै अंकविहीन अवस्थासहित तालिकाको पुछारमै छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरी भइरहेका प्रतियोगितामा नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । मंसिर १ गतेदेखि सुरु भएको एनपीएल २७ गतेसम्म चल्नेछ । लिग चरण, तीन प्लेअफ तथा फाइनल गरी प्रतियोगितामा ३२ खेल सञ्चालन हुनेछन् ।

सोमबार विश्राम लिएको एनपीएलमा मंगलबार पुनः दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन् भने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछ ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ७ : ४४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा