१५ माघ २०८२, बिहिबार | January 29, 2026

विराटनगर आगजनी प्रकरणमा पूर्वसांसदका स्वकीय सचिव सहित पाँच जना पक्राउ



विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् । अन्सारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले निकट स्थानीय कार्यकर्ता समेत पक्राउ परेका छन् ।

मोरङ प्रहरीले पक्राउ परेका व्यक्तिहरूमा आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल रहेका जनाउँदै पाँचै जनालाई आइतबार साँझ पक्राउ गरिएको पुष्टि गरेको छ । उनीहरू मोरङ जिल्ला अदालतसहित विभिन्न सरकारी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

घटना भएका बेला अन्सारी तत्कालीन माओवादी केन्द्र (हाल नेकपा)का नेता तथा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव थिए । मन्त्री हुँदा समेत उनी मोदीकै स्वकीय सचिवको भूमिकामा रहेकाले घटनास्थलका सार्वजनिक भिडियोहरूमा आगजनीका क्रममा उनको प्रत्यक्ष उपस्थिति देखिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार आवास पौडेल नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता, अरुण साह एमालेका कार्यकर्ता तथा अन्सारी माओवादी कार्यकर्ता हुन् । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ र उनीहरू विरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

आजै मोरङ जिल्ला अदालतमा पेश गरी उनीहरूको म्याद थपको प्रक्रिया अघि बढाइने प्रहरीको योजना छ । भदौ २४ को घटनामा संलग्न व्यक्तिहरूको पहिचान फोटो तथा भिडियोका आधारमा भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरी चौकी तथा गाडीमा आगजनी गरेको आरोपमा २१ जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ८ : ५२ बजे

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको