काठमाडौं । जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका एक जना कैदीबन्दीसहित स्वचालित हतियारबोकेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा फरार कैदीबन्दी काठमाडौं कलंकी घर भएका २८ वर्षीय रसिल जोशीसहित दार्चुलाको दुहुँ गाउँपालिका–४ घर भएका १९ वर्षीय डेबिड भनिने रामचन्द्र कुँवर र काठमाडौं बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी रहेका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट नेपाल पुलिस सिरियल नम्बर ५५००९९१६ उल्लेख भएको टाइप ५४ पेस्तोल बरामद भएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजिकुमार आचार्यले बताए ।
लागु औषधसहित पक्राउ परेर प्रहरी वृत्त स्वयम्भूमा रहेका रसिल जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका थिए । पक्राउ परेका समूहले जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेको प्रहरीको आरोप छ ।


















प्रतिक्रिया