५ चैत्र २०८२, बिहिबार | March 20, 2026

जेलबाट भागेका कैदीबन्दीबाट स्वचालित हतियार बरामद



काठमाडौं । जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका एक जना कैदीबन्दीसहित स्वचालित हतियारबोकेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा फरार कैदीबन्दी काठमाडौं कलंकी घर भएका २८ वर्षीय रसिल जोशीसहित दार्चुलाको दुहुँ गाउँपालिका–४ घर भएका १९ वर्षीय डेबिड भनिने रामचन्द्र कुँवर र काठमाडौं बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट नेपाल पुलिस सिरियल नम्बर ५५००९९१६ उल्लेख भएको टाइप ५४ पेस्तोल बरामद भएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजिकुमार आचार्यले बताए ।

लागु औषधसहित पक्राउ परेर प्रहरी वृत्त स्वयम्भूमा रहेका रसिल जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका थिए । पक्राउ परेका समूहले जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेको प्रहरीको आरोप छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ५ : ५५ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको