२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

एनपीएलमा आज दुई रोमाञ्चक खेल, जनकपुर-चितवन र पोखरा-कर्णाली भिड्दै



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई महत्वपूर्ण खेल हुँदैछन् । सोमबार ‘ब्रेक’ गरिएको प्रतियोगिता आज पुनः सुरु हुँदै छ ।

पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् । बिहान ११:४५ बजे सुरु हुने यो खेल जनकपुरका लागि विशेष चुनौतीपूर्ण छ । साविक विजेता जनकपुरले यस सिजन चार खेलमा जितको खाता खोल्न सकेको छैन । आजको खेल जित्दै सिजनमा पहिलो सान्त्वना अंक जोड्ने जनकपुरको प्रयास रहनेछ । चार अंक जोडेर प्लेअफमा जाने सम्भावना जोगाइराखेको चितवन भने जितका लागि मैदानमा उत्ति नै आक्रामक देखिनेछ ।

दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स अपराह्न ४ बजे भिड्नेछन् । दुवै टिम यस सिजन संघर्षरत छन् । कर्णालीले पाँच खेल सकेको छ भने पोखराले चार खेल खेलेका छन् । दुवैको दुई-दुई अंक मात्र भएकाले आजको खेलले तालिकामा तल्लो स्थानबाट माथि उक्लिने अवसर दिन सक्छ ।

उता, १९ खेल सकिँदा अंक तालिका अझ रोचक बनेको छ । अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा पुगिसकेको छ । काठमाण्डु गुर्खाज र विराटनगर किङ्स दुवैसँग ८-८ अंक छन् । रनरेटका आधारमा काठमाण्डु दोस्रो र विराटनगर तेस्रो स्थानमा छन् ।

चितवन र लुम्बिनी लायन्ससँग समान ४ अंक छन् । चितवनले चार र लुम्बिनीले पाँच खेल खेलेका छन् । रनरेटका आधारमा चितवन चौथो र लुम्बिनी पाँचौं स्थानमा छ । कर्णाली छठौं, पोखरा सातौं र जितविहीन जनकपुर पुछारमा रहेको छ ।

एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरी भइरहेको छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । मंसिर १ देखि सुरु भएको प्रतियोगिता २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : २१ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ