२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

कर्णालीले पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने



काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज कर्णाली याक्स र पोखरा एभेन्जर्सबीचको महत्वपूर्ण खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मंसिर १६ गते, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान सोमपाल कामीले पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् ।

चार खेलमध्ये एक खेलमा मात्र जित दर्ता गरेको पोखराका लागि आजको प्रतिस्पर्धा प्लेअफ समीकरण मिलाउने अवसरका रूपमा रहेको छ । आज जित निकाल्न सके पोखराको प्लेअफ यात्रा सहज बन्नेछ । कर्णालीका लागि भने यो खेल ‘गर या मर’को रूपमा हेरिँदैछ, किनकि पराजयले उनीहरूको प्लेअफ सम्भावना अत्यन्त कमजोर बन्न सक्छ ।

मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा अहिलेसम्म २० खेल सकिएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफ सुरक्षित गर्ने पहिलो टोली बनेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ३ : ४८ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ