काठमाडौं । नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज कर्णाली याक्स र पोखरा एभेन्जर्सबीचको महत्वपूर्ण खेलमा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मंसिर १६ गते, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान सोमपाल कामीले पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् ।
चार खेलमध्ये एक खेलमा मात्र जित दर्ता गरेको पोखराका लागि आजको प्रतिस्पर्धा प्लेअफ समीकरण मिलाउने अवसरका रूपमा रहेको छ । आज जित निकाल्न सके पोखराको प्लेअफ यात्रा सहज बन्नेछ । कर्णालीका लागि भने यो खेल ‘गर या मर’को रूपमा हेरिँदैछ, किनकि पराजयले उनीहरूको प्लेअफ सम्भावना अत्यन्त कमजोर बन्न सक्छ ।
मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा अहिलेसम्म २० खेल सकिएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफ सुरक्षित गर्ने पहिलो टोली बनेको छ ।


















प्रतिक्रिया