२७ माघ २०८२, मंगलबार | February 10, 2026

रोसिंटनको शतकसँगै पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य



काठमाडौं । ओपनर एडम रोसिंटनको विस्फोटक शतकसहित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सलाई २०२ रनको विशाल लक्ष्य दिएका छन् । मंगलवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट मात्र गुमाउँदै २०१ रनको बलियो योगफल बनायो । यो स्कोर एनपीएलको दोस्रो संस्करणमा बनेको दोस्रो सबैभन्दा ठूलो योगफल हो । यसअघि विराटनगर किंग्सले पोखराविरुद्ध नै २२० रन बनाएको थियो ।

पोखराका ओपनर रोसिंटनले अविजित १०८ रनको धमाकेदार इनिङ खेले । ५८ बलको इन्निङमा उनले ११ चौका र सात छक्का प्रहार गर्दै लिगको यस संस्करणमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने । यसअघि कर्णालीका वार्क वाटले लुम्बिनीविरुद्ध ११४ रनको शतक बनाएका थिए । समग्र एनपीएलमा यो तेस्रो शतक हो । पहिलो संस्करणमा पोखराकै आन्द्रियस गौसले शतक हानेका थिए ।

रोसिंटनले ३४–१ को स्थितिबाट जासन रोयसँग दोस्रो विकेटका लागि १२७ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई ठुलो स्कोरसम्म पु¥याए । पोखराबाट पहिलो खेल खेलिरहेका रोयले ३४ बलमा दुई चौका र तीन छक्कासहित ४६ रनको योगदान दिए । धनञ्जय लक्षण २३ रनमा अविजित रहे भने कप्तान कुशल भुर्तेलले १८ रन जोडे ।

कर्णालीको तर्फबाट नन्दन यादव र वार्क वाटले एक–एक विकेट लिए । सात बलर प्रयोग गरे पनि कर्णालीका अन्य बलरले प्रभाव पार्न सकेनन् ।

चार खेलमा एक जित मात्र हासिल गरेको पोखराका लागि आजको जित प्लेअफ यात्रामा महत्वपूर्ण हुनेछ । कर्णालीका लागि भने यो खेल पूर्णरूपमा ‘गर या मर’को स्थितिमा रहेको छ ।

मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म २० खेल सम्पन्न भइसकेका छन् । अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफ पुग्ने पहिलो टोली भइसकेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ५ : ४४ बजे

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : गगन थापा

सिरहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’