जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद त्यागेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार नयाँ सरकार गठनका लागि आह्वान गर्दै प्रदेशसभामा बहुमत जुटाउन सक्ने सदस्यहरूलाई दाबी पेस गर्न आग्रह गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ (१) (क) बमोजिम दिएको राजीनामा मंसिर १७ गते स्वीकृत गरिएको हो । राजीनामा स्वीकृत भएपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सक्रिय गरिएको छ ।
अब दुई वा दुईभन्दा बढी दलहरूको समर्थनसहित बहुमत पुर्याउन सक्ने सदस्यले मंसिर १९ गते शुक्रबार साँझ ५ बजेसम्म दाबी पेस गर्नुपर्नेछ । निर्धारित समयभित्र वैध दाबी नआएमा संविधानमा उल्लेखित अर्को चरणको प्रक्रियामा प्रवेश गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।



















प्रतिक्रिया