२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

मुख्यमन्त्री यादवको राजीनामापछि मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु



जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद त्यागेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार नयाँ सरकार गठनका लागि आह्वान गर्दै प्रदेशसभामा बहुमत जुटाउन सक्ने सदस्यहरूलाई दाबी पेस गर्न आग्रह गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ (१) (क) बमोजिम दिएको राजीनामा मंसिर १७ गते स्वीकृत गरिएको हो । राजीनामा स्वीकृत भएपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सक्रिय गरिएको छ ।

अब दुई वा दुईभन्दा बढी दलहरूको समर्थनसहित बहुमत पुर्‍याउन सक्ने सदस्यले मंसिर १९ गते शुक्रबार साँझ ५ बजेसम्म दाबी पेस गर्नुपर्नेछ । निर्धारित समयभित्र वैध दाबी नआएमा संविधानमा उल्लेखित अर्को चरणको प्रक्रियामा प्रवेश गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ३० बजे

नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

काठमाडौं । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका