१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

टस जितेर काठमाडौंविरुद्ध फिल्डिङ गर्दै पोखरा



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आमनेसामने छन् ।

पोखराले टस जितेर बलिङ रोज्दै काठमाडौंलाई पहिले ब्याटिङका लागि निम्त्याएको छ । पाँच खेलबाट केवल चार अंक जोडेको पोखरालाई प्लेअफको सम्भावना कायम राख्न आज अनिवार्य जित आवश्यक छ । लगातार नतिजा फेरिन नसकेको पोखरा निर्णायक खेलमा पूरा दमसामर्थ्यका साथ उत्रिएको छ ।

काठमाडौं गोर्खाजले भने छ खेलबाट आठ अंक सङ्कलन गरिसकेको छ । लिग चरणको अन्तिम खेलमा जित दर्ता गर्दै प्लेअफ स्थान सुरक्षित गर्ने लक्ष्य काठमाडौंको छ । दुवै टोलीका लागि आजको खेल रणनीतिक तथा मनोवैज्ञानिक रूपमा महत्त्वपूर्ण मानिएको छ ।

आजै अपराह्न ४ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् । मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको एनपीएलमा कुल आठ टोली सहभागी छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ११ : ४३ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ