२२ असार २०८३, सोमबार | July 6, 2026

एमाले महाधिवेशनको उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने



काठमाडौं । नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा करिब १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् । महाधिवेशनको उद्घाटन कार्यक्रम मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा, र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय गरिएको छ ।

स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटन समारोहमा उल्लेख्य जनसमूह उपस्थित हुने अपेक्षा भएकाले सुरक्षा, व्यवस्थापन र समन्वयका लागि ठूलो संख्यामा स्वयंसेवक परिचालन गर्न लागिएको हो । बन्दसत्रमा भने करिब ५०० स्वयंसेवक रहनेछन्, जसमा २४ जनसंगठन र विभिन्न कमिटीका स्वयंसेवक समावेश हुनेछन् । एमालेले गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) पनि समन्वयमा सक्रिय रहनेछ ।

यसैबीच, उपमहासचिव एवं जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीसहितको टोलीले सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्लाचौरको अवलोकन गरेको छ । उक्त स्थलमा करिब दुई लाख जनसहभागिताको व्यवस्था मिलाइएको संयोजक ढकालले बताए । मञ्च व्यवस्था, शौचालय र आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवकले काम थालेका छन् ।

उद्घाटनका दिन पूर्वतर्फबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा तथा टायल कारखाना क्षेत्रमा, र पश्चिमतर्फबाट आउने सवारीसाधनलाई गठ्ठाघर-कमेरोटार आसपास क्षेत्रमा व्यवस्थापन गरिने तयारी गरिएको छ ।

महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब २ हजार ४०० प्रतिनिधि सहभागी हुनेछ न्। एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  १ : ०४ बजे

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।