२७ माघ २०८२, मंगलबार | February 10, 2026

अपराजित सुदूरपश्चिम शीर्ष स्थानमा, चितवन ४९ रनले पराजित



काठमाडौं । आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध ४९ रनको सहज जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याउन उतरेको चितवन १७.१ ओभरमै १२० रनमा अलआउट भयो ।

योसँगै सुदूरपश्चिमले छ खेलमै १२ अङ्क जोडेर लिग चरणको पहिलो स्थान पक्का गर्नुका साथै प्लेअफको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । लगातार अपराजित सुदूरपश्चिमसँगै विराटनगर किंग्सले पनि आठ अङ्कका साथ प्लेअफ यात्रा पक्का गरेको छ । काठमाण्डू गोर्खाज अघि नै प्लेअफमा प्रवेश गरिसकेको छ । अब बाँकी एक स्थानका लागि लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । कर्णाली याक्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

चितवनका ब्याटर सुदूरपश्चिमविरुद्ध प्रभाव जमाउन सकेनन् । रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन जोडे । अन्य ब्याटरहरू दोहोरो अंकमै रोकिए । जर्ज स्क्रिमस गोल्डेन डक बने । सुदूरपश्चिमका पुनित महराले २.१ ओभरमा मात्र १४ रन खर्चेर तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले समान एक-एक विकेट थपे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले चार विकेटको क्षतिमा १६९ रन बनायो । क्रिस लिनले ५६ बलमा पाँच चौका र तीन छक्कासहित ७५ रनको उत्कृष्ट इनिङ खेले । १७औँ ओभरपछि ‘रिटायर्ड हर्ट’ भएका लिनले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ४५ रनको साझेदारी गर्दै पारी सम्हाले । आरिफ १६ बलमा अविजित २६ रनमा रहे । ओपनर विनोद भण्डारीले २१, पुनित मेहराले १३ र दीपेन्द्रसिंह ऐरीले २४ अविजित रन जोडे ।

चितवनका सैफ जैबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक-एक विकेट हात पारे । यसअघि आजै भएको पहिलो खेलमा काठमाण्डू गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहिबार  ८ : ०७ बजे

नेपाली सेनालाई पाकिस्तानमा स्वर्ण पदक

काठमाडौं । नेपाली सेनाले पाकिस्तानमा आयोजित नवौँ पाकिस्तान आर्मी स्पिरिट

मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्ट विकासप्रेमी नेताको छविका

नवलपुर-२ का मतदाता भन्छन् : चुनावी बाचा अझै अधुरै छन्

नवलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का

तामाकोशी बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार

जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु

जापान । जापानमा लगातार तीन हप्ताको भारी हिमपातका कारण ४६