२० भदौ २०८३, शनिबार | September 5, 2026

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशन बुटवलमा आज हुँदै



बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आज (शनिबार) बुटवलमा हुँदैछ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष दिपु मगरले जानकारी दिए ।

उनका अनुसार प्रदेशभरबाट आएका १६५ प्रतिनिधि तथा विभिन्न अतिथिसहित करिब ३०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहनेछ । अधिवेशनमा पाँच विधामा उत्कृष्ट स्रष्टाहरूलाई सम्मान गर्ने तयारी भएको छ ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष एवम् चर्चित कलाकार चन्द्र शर्मा, गायक बद्री पंगेनी, उपाध्यक्ष सुवास केसी, सचिव दिपक गरौजा, सहसचिव सीता रानालगायतको उपस्थित रहने जनाइएको छ । अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेशका शहरी विकासमन्त्री सरोज थापाले गर्ने कार्यक्रम छ ।

अध्यक्ष मगरका अनुसार वर्तमान समितिले तीन वर्षको अवधिमा उल्लेख्य काम सम्पन्न गरेको छ । कलाकारहरूको हितका लागि एक लाख रुपैयाँ बराबरको हित कोष स्थापना गरेर सुरुवात गरिएपछि त्यसलाई आर्थिक रूपमा सशक्त बनाउँदै हालसम्म चार लाख रुपैयाँभन्दा बढीको कोष निर्माण गरिएको छ । साथै विभिन्न प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्ने तथा रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी लोक संग्रहालयको स्तरोन्नती गर्ने जस्ता कार्यहरू सम्पन्न भएको जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार  ८ : ०९ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार