२१ मंसिर २०८२, आइतबार | December 7, 2025

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र



पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन महाअभियान’ सञ्चालन गरिरहेको मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र विस्तार भएका छन् । यस वर्ष काठमाडौँको रानीवन र सुनसरीको धरानमा सेवा केन्द्र थपिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

उनका अनुसार देशभर रहेका सेवा केन्द्रमा अहिले दुई हजारभन्दा बढी अशक्त, बेसहारा र अभिभावकविहीनहरुले आश्रय लिइरहेका छन् । ‘नेपाललाई मानवीयताको देश’ बनाउने लक्ष्यमा मानवसेवा आश्रम समर्पित रहेको अध्यक्ष अधिकारीले बताए । “नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र घोषणा गर्ने उद्देश्यमा हामी दृढ छौँ, छिट्टै हामी लक्ष्यमा पुग्दैछौँ”, उनले भने ।

परोपकारी संस्थाका रुपमा विसं २०७३ मा मकवानपुरको हेँटौडाबाट मानवसेवा आश्रमले औपचारिक सेवा सुरु गरेको थियो । आश्रमको केन्द्रीय कार्यालय पनि हेँटौडामा छ । त्यसयता झण्डै एक दशकभित्र देशका २१ जिल्लाका ३० सेवा केन्द्रमार्फत मानवसेवा आश्रमले सेवा प्रदान गरिरहेको छ । “कोही पनि नागरिक सडकमा आश्रित हुनु नपरोस् भनेर मानवता प्रवर्द्धन महाअभियान सञ्चालन गरिएको हो”, अध्यक्ष अधिकारीले भने, “हामी छिट्टै नेपाललाई सडक मानवरहित राष्ट्रको रुपमा घोषणा गर्दैछौँ ।”

शाखा र सेवा केन्द्र विस्तारसँगै आश्रमका आफ्नै भवनलगायत संरचना बन्ने क्रम पनि चलिरहेको मानवसेवा आश्रमका सह–कोषाध्यक्ष सुमिरा लामाले बताइन् । आश्रमको केन्द्रीय कार्यालय हेँटौडासहित शाखा कार्यालय रुपन्देही र चितवनको भवन बनेर पनि सेवा सञ्चालनमा आइसकेको उनको भनाइ छ । मोरङ, झापा, सर्लाही, पर्सा, धनगढी, काठमाडौँ, ललितपुर, सुर्खेतलगायत जिल्लामा पनि भवन निर्माणको प्रकृया अगाडि बढेको लामाले बताइन् ।

गण्डकी प्रदेशमा पनि कास्की, बागलुङ, लमजुङ र गोरखा शाखाको भवन निर्माणाधीन अवस्थामा छ । सरकारी निकाय, विभिन्न सङ्घसंस्था र अन्य दाताहरुको सहयोगमा आश्रमका भवन निर्माण भइरहेका छन् । विभिन्न जिल्लामा आश्रम निर्माणका लागि महायज्ञ सञ्चालन गरेर पनि आर्थिक जोहो गरिएको सह–कोषाध्यक्ष लामाले बताइन् । अहिलेसम्म १२ ठाउँमा महायज्ञ लगाइएको उनको भनाइ छ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन आश्रमको भवन निर्माण सहयोगार्थ गत कात्तिक २१ देखि २९ गतेसम्म सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा रु नौ करोड ७७ लाख ७२ हजार सङ्कलन भएको उनले जानकारी दिइन् । उक्त रकम आश्रमको भवन निर्माण र अक्षयकोष वृद्धिमा खर्च गरिने जनाइएको छ । विसं २०७७ देखि निर्माण थालिएको बागलुङस्थित आश्रमको भवन निर्माणमा बजेट अभाव भएपछि महायज्ञ लगाएर स्रोत जुटाइएको हो ।

मानवसेवा आश्रमले सडकआश्रित मानवहरुको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ । आश्रमले देशभरका सेवा केन्द्रमार्फत अहिलेसम्म हजारौँ सडक मानवलाई उद्धार गरेको छ भने कैयनको परिवारसँग पुर्नमिलन भएको छ । मानवसेवा आश्रमका सह–कोषाध्यक्ष लामाका अनुसार हालसम्म २८ सय बढीको पारिवारिक पुर्नमिलन भएको छ भने २२ सयबढी उपचारपछि स्वेच्छाले आश्रमबाट बाहिरिएका छन् ।

आश्रममै रहेका बेला आठ सयभन्दा बढीले मृत्युवरण गरेको जनाइएको छ । यस्तै छ सय बढीको सामुदायिक पुर्नस्थापना भएको छ । मानवसेवा आश्रम ‘सबैका लागि खाना, नाना र छाना’को आदर्श वाक्यसहित नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने महाअभियानमा जुटेको आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले बताए ।

मानवसेवा आश्रमले तत्कालीन योजनामा आश्रमका भवन निर्माण, सडकआश्रित मानवरहित नेपाल घोषणा, मानवता अध्ययन केन्द्र स्थापना र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माणलाई अघि सारेको छ । मध्यकालीन योजनामा विसं २०८७ भित्र मानव सेवा आश्रमलाई मानवता, परोपकार र सामाजिक विषयको अध्ययन तथा अवलोकन गन्तव्यका रुपमा विकास गर्ने र सातै प्रदेशमा मानसिक स्वास्थ्य लाभ केन्द्र (अस्पताल) स्थापनालाई समेटिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ३ : ०४ बजे

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालन

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको