२१ मंसिर २०८२, आइतबार | December 7, 2025

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’



नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब ज्ञवालीले डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक देखिएको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा उच्च अदालत बार नेपालगन्ज र बाँके जिल्ला अदालत बार एसोसिएसनको सहकार्यमा आज नेपालगन्जमा आयोजना गरिएको ‘कानून र पत्रकारिताः अभिमुखीकरण कार्यक्रम’ को उद्घाटन गर्दै न्यायाधीश ज्ञवालीले डिसइन्फर्मेसन र मिसइन्फर्मेसनले समाजलाई दिग्भ्रमित गर्ने भएकोले पत्रकारहरुले सजग भएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

उनले अदालत सम्बन्धि सही सूचना सम्प्रेषण गर्नु पत्रकारहरुको धर्म रहेको बताए । सही सूचना सम्प्रेषण नहुँदा त्यसले जनतामा भ्रम पैदा गर्ने ज्ञवालीको भनाई छ । सही सूचनाले मात्र जनतालाई सुसूचित गर्ने अधिकार स्थापित गर्ने उनले बताए । उनले अहिले तथ्यगत सूचना भन्दा पनि मिसइन्फर्मेसन र डिसइन्फर्मेसन चुनौती बनेको बताए । ज्ञवालीले अदालतसंग जोडिएका सवालमा तथ्यगत समाचार सम्प्रेषण गर्न आग्रह पनि गरे । ज्ञवालीले अदालती टर्मिनोलोजी केही फरक हुने भएकाले पत्रकारले त्यसबारेमा ज्ञान राख्नैपर्ने बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारलाई अदालती रिपोर्टिङबारे ज्ञान हुन जरुरी रहेको बताइ । उनले अदालती ज्ञान नहुँदा जनतामाझ फरक सूचना जाने गरेको तथ्य प्रस्तुत गरे । बिधागत पत्रकारिताका लागि यस्ता अभिमुखीकरण महत्त्वपूर्ण रहेको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले कानुनको बारेमा पत्रकारहरुको क्षमता बढाउन अभिमुखीकरण कार्यक्रम राखिएको बताए । उनले यो कार्यक्रमले कानुनी रिपोर्टिङमा पत्रकारलाई थप ज्ञान हासिल हुने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता लोक बहादुर शाहले सञ्चारसँग सम्बन्धित प्रचलित कानुनहरू, अधिवक्ता प्रहलाद बहादुर कार्कीले पत्रकारिता र कानुनी आधारभूत ज्ञान तथा अदालती रिपोर्टिङका बारेमा प्रस्तुतिकरण दिएका थिए भने अधिवक्ता विकास आचार्य कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रममा उच्च अदालत बार नेपालगन्जका सचिव गणेश प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज कुमार गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, समाजबादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा लगायत बाँकेमा क्रियाशिल पत्रकारहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ९ : १२ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब