१५ माघ २०८२, बिहिबार | January 29, 2026

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह



काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी परिचयपत्र लिन छुटेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफैँ उपस्थित भएर आवश्यक विवरण पेस गरी प्रक्रियामा आउने अनुरोध गरेको हो । मन्त्रालयले हालसम्म ५३६ जना घाइतेले परिचयपत्र बनाइसकेको पनि जनाएको छ ।

हाल जिल्ला प्रशासन कार्यालयबाट धमाधम घाइतेहरूको वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा विवरण पठाइरहेको पनि जनाइएको छ ।

यसैबीच काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रवक्ता मुक्तिराम रिजालले कार्यालयबाट कुल १६९ जना घाइतेको वर्गीकरण गएिको जानकारी दिएका छन् । तीमध्ये अति गम्भीर घाइते १५, गम्भीर घाइते ५१, मध्यम घाइते ३६ र सामान्य घाइतेमा ६७ जना रहेका उनले बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १० : १६ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण