२६ बैशाख २०८३, शनिबार | May 10, 2026

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति



म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।

अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्यले तिब्रता पाएको छ । आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षको अवधीमा ३० दशमलव ९४ प्रतिशत भौतिक र ३० दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए ।

“चार ठाउँबाट सुरुङ खन्ने काम भैरहेको छ,” उनले भने, “विस २०८३ फागुन भित्र विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यअनुसार विद्युत्गृह र बाँध निर्माण कार्यलाई पनि तिब्रता दिएका छौँ ।” कुल पाँच हजार सात सय ८९ दशमलव ७१ मिटर लामो सुरुङ हालसम्म दुई हजार तीन सय ६० मिटर निर्माण सकिएको छ ।

विसं जेठ ८ गते सुरु भएको बाँध निर्माणस्थलमा ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । करिब दुई हप्तामा विद्युत्गृहको उत्खनन् कार्य सकेर संरचना निर्माणको तयारी भएको छ । विसं २०८० चैत १९ मा सम्झौता गरेको सिभिल ठेकेदार लुना विल्डर्स एण्ड कन्ट्र्याक्टरले २०८१ जेठ ८ गते परिचालित भएको थियो ।

धवलागिरी गाउँपालिका-४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भएरहेको छ । बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माणाधिन छ ।

मेकानिकल र इलेक्ट्रो-मेकानिकल कार्यको लागि निर्माण कम्पनी छनौट भएको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटबाट विद्युत्गृहको उँचाइ एक सय ९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युत्गृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ ।

ऊर्जा इन्जिनियरीङ एण्ड म्यानेजमेन्ट सोलुुसनले परामर्शदाता रहेको यस आयोजनाको प्रर्वद्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आवद्ध छ । विद्युत्गृहतबाट मालिका गाउँपालिका-७ डाडाखेतमा निर्माणाधिन एक सय ३२ केभी क्षमताको सबस्टेशन जोड्ने एक सय ३२ केभी क्षमताको एक दशमलव पाँच किलोमिटर प्रशारण लाइनको अध्ययन भइरहेको छ ।

सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने रु ११ अर्ब २३ करोड २७ लाख छ हजारको लगानीमा निर्माण हुने आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका-७ भारवाङमा रहनेछ । यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रिय लाइनमा जोडिनेछ ।

भारवाङबाट बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि रु छ करोड २० लाख बजेट बिनियोजन गरेको छ । हालसम्मको प्रगतिअनुसार निर्धारित समय तालिका भित्रै सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना प्रमुख केसीले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ११ : ३२ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु