२३ असार २०८३, मंगलबार | July 7, 2026

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड



भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गराईएको छ । गत हप्ता १२ औं अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत शिवहरी अधिकारीले पदस्थापन गराए ।

पदस्थापन कार्यक्रममा बोल्दै नेपाल ईटा उद्योगी व्यवसायि महासंघका केन्द्रिय सचिव रमेश खनालले ईटा व्यसायलाई प्रबिधि मैत्री बनाउदै थप व्यवस्थित बनाउनु पर्नेमा जोड दिए । उनले पर्यावरण जोगाउदै उद्योग सञ्चालन गर्नु पर्ने उल्लेख गर्दै बिकसित प्रबिधि अनुसार एदोगी व्यवसायि पनि अगाडि बढ्नु पर्ने बताए ।

नवनिर्वाचित अध्यक्ष सुनिल कुमार सिन्धीले ईटा उद्योगका क्षेत्रमा देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले ईटा उद्योगलाई कसरी प्रबिधिसंग जोडेर पर्यावरण मैत्री बनाउन सकिन्छ भन्ने बिषयमा आफु र आफ्नो टिम गंभिर भएर लाग्ने उल्लेख गरे ।

महासंघका सल्लाहकार हरी अधिकारी, संघको लुम्बिनी प्रदेश सल्लाहकार टंकनाथ पराजुली, निर्वतमान अध्यक्ष अजय गुप्ता, वर्तमान बरिष्ठ उपाध्यक्ष अजय अधिकारीलगायतले सस्थागत बिकासमा एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

यी हुन निर्वाचित पदाधिकारी तथा सदस्यहरु
लुम्बिनी ईटा उद्योग व्यवसायि संघकोे अध्यक्षमा सुनिल कुमार सिन्धी, बरिष्ठ उपाध्यक्षमा अजय अधिकारी, प्रथम उपाध्यक्षमा मिनबहादुर पुन, द्धितिय उपाध्यक्षमा दीपक पौडेल निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा बाबुराम पाठक, सचिवमा चक्रपाणि तिवारी र कोषाध्यक्षमा विक्रमरत्न बज्राचार्य निर्वाचित भएका छन् ।

सदस्यहरुमा मुक्ति बस्याल, पियुस आश्वानी, गुलावचन्द्र गुप्ता, सुरेन्द्र बरई, पुर्णवासी गुप्ता, धनपति पौडेल, दीपक कुमार सिन्धी, सागर सिन्धी, विकास मिश्र, राजकुमार सिन्धी रहेका छन् भने लेखा समिति संयोजकमा सुरजमान श्रेष्ठ निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  २ : २९ बजे

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

मध्यविन्दु । परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-sadak ६ दरवाङ बजारको सडक कालोपत्र

युवाको पलायनले पाल्पाका गाउँ रित्तिँदै, वृद्धवृद्धा एक्लोपनमा

तानसेन । गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् ।

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३ औँ

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा