२२ मंसिर २०८२, सोमबार | December 8, 2025

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह



कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई संगसंगै हिँडाउन सफल नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहले आफ्नो अवकाश प्राप्त जीवन पनि साहित्यको सेवामा विताउने संकल्प गरेका छन् । प्रहरी संगठनमा रहँदा पनि अनवरत साहित्य सृजनामा क्रियाशिल शाह अवकास पछि पनि साहित्य क्षेत्रमै रमाउने संकल्पका साथ सुदूरपश्चिमबाट साहित्यको नेतृत्व सम्हाल्न तयार भएका हुन् ।

टीकापुर साहित्य महोत्सवको आयोजक संस्था टीकापुर साहित्य समाज, टीकापुर, कैलालीको तेस्रो साधारणसभाले शाहलाई समाजको दोस्रो कार्यकालका लागि अध्यक्षकारुपमा सर्वसम्मत निर्वाचित गर्र्दै साहित्य सृजनाको जिम्मेवारी दिएको छ ।

टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डंगौरा थारूको प्रमुख आतिथ्यमा भएको समाजको तेस्रो साधारणसभाले शाहको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । शाहको नेतृत्वमा नौ सदस्यीय कार्यसमितिको चयन गरेको छ । अन्य निर्वाचित पदाधिकारी तथा सदस्यहरूमा उपाध्यक्ष डा. केशर कुँवर, सचिव ईश्वर साउद, कोषाध्यक्ष रजनी शाही, सहसचिव चक्रचन्द सोडारी तथा सदस्यहरू रंग अधिकारी, तेजराज खनाल, विनिता चौधरी र अरूण लोहार रहेका छन् । साधारणसभाले पुरानो कार्यसमितिबाट अध्यक्ष महेशविक्रम शाहसहित तीनजना दोहोरिएका छन् भने छजना नयाँ अनुहारहरू चयन भएका छन् ।

तेस्रो साधारणसभामा बाह्रवटा प्रस्तावहरू प्रस्तुत भएका थिए । साधारणसभालेसर्वसम्मतिले सबै प्रस्तावहरू पारित गरेको छ ।

साधारणसभाले पाँचजना विशिष्ट सामाजिक तथा साहित्यिक व्यक्तित्वहरू टीकापुर नगरका परिकल्पनाकार तथा संस्थापक स्व। खड्गबहादुर सिंहकी धर्मपत्नी श्रीमती मायादेवी सिंह, सुदूरपश्चिमबाट पहिलोपटक मदन पुरस्कार पाउने वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द, नेपाली साहित्यका विशिष्ट प्रतिभा प्रा.डा. अभि सुवेदी, डोट्याली बृहत् शव्दकोषका कोषकार तथा साहित्यिक प्रतिभा आर. डि. प्रभास चटौत तथा नेपालका प्रथम नाटककार पहलमानसिंह स्वारकी नातिनी श्री ईश्वरी स्वारलाई समाजको मानार्थ सदस्यता अर्पण गर्ने निर्णय गरेको थियो । साधारणसभाले टीकापुर साहित्य महोत्सव, तेस्रो संस्करण( २०८२ का साथै ‘सुदूरपश्चिम श्रष्टा महोत्सव’ पनि आयोजना गर्ने घोषणा गरेको छ ।

प्रमुख अतिथि नगरप्रमुख रामलाल डंगौरा थारूले साहित्यले मान्छेका मनहरू जोड्ने भएकोले समाजमा सद्भाव कायम गर्न तथा जागरण ल्याउन साहित्यको महत्वपूर्ण भूमिका हुने बताएका थिए ।

समाजका अध्यक्ष तथा मदन पुरस्कार विजेता कथाकार महेशविक्रम शाहले नदीको अविरल प्रवाहले कठोर चट्टान खिइएर गएझैं टीकापुर साहित्य समाजको निरन्तर साहित्यिक जागरणले समाजमा जरो गाडेर बसेका पुरातन सोच, परम्परा र मान्यताहरू पनि खिइदैजाने र समाजमा चेतनाको प्रवाह संचालन हुनुका साथै सामाजिक सद्भावको विकास हुने बताउँछन् ।

शाहले प्रहरी संगठनमा रहेकै अवस्थामा लेखेका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र ुभुइँखाटु कथा सङ्ग्रहहरु प्रकाशित छन्। उनको कथा सङ्ग्रह ‘छापामारको छोरो’को लागि उनले वि.सं. २०६३ को मदन पुरस्कार पाएका छन्।

वि.सं. २०३६ सालमा महेन्द्रनगरबाट प्रकाशित ‘साप्ताहिक वार्ता’ पत्रिकाबाट शाहले औपचारिक कथा यात्रा शुरु गरेका थिए । तत्कालीन टीकापुर आवासीय माध्यमिक विद्यालय (हालको वीरेन्द्र विद्यामन्दिर) मा अध्ययन गर्दादेखि नै कथा, कविता र नाटक विधामा कलम चलाएका थिए् ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १० : ३१ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट