काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन् । भिडन्त कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे सुरु हुनेछ ।
लिग चरणमा यी दुई टिम एकपटक भिड्दा सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउने काम विराटनगरले गरेको थियो । सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै चार विकेट गुमाएर भेट्टाएको थियो । यही प्रदर्शनले आजको भिडन्तअघि सुदूरपश्चिमलाई प्रतिद्वन्द्वीको तीव्र आक्रामक ब्याटिङको चिन्ता बढाएको छ ।
लिगमा सुदूरपश्चिम ७ मध्ये ६ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेकामा विराटनगर १० अंकसहित दोस्रो स्थानमा पुगेको थियो ।
आजको खेल जित्ने टिमले सोझै फाइनल समीप-प्लेअफमा स्थान बनाउनेछ । पराजित टिमले भने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्दै फाइनलमा पुग्ने अन्तिम मौका खोज्नु पर्नेछ ।
इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्ने तालिका छ ।


















प्रतिक्रिया