१२ माघ २०८२, सोमबार | January 26, 2026

नेपालगन्जको एउटै अस्पतालमा १७४ नयाँ कुष्ठरोगी फेलापरे



नेपालगन्ज । नेपालगन्जको एउटै अस्पतालमा उपचारका लागि आएका मध्य १७४ जनामा कुष्ठरोगको संक्रमण पुष्टी भएको छ । बाँकेको जानकी गाउँपालिकाको खजुरारोडमा रहेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् ।

आईएनएफ नेपाल बाँकेद्वारा खजुरारोडमा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक बर्ष २०८१र८२ मा उपचारका लागि आएका विरामी मध्ये १७४ जना नयाँ कुष्ठरोगी फेला परेको अस्पतालले जनाएको छ । कुष्ठरोग पुष्टी भएकाहरुलाई उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताए ।

नेपालगन्जमा आज आयोजित एक कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै थारुले नयाँ कुष्ठरोगी मध्ये बाँकेका ७१ जना, बर्दिया ४२, भारतका ३०, सुर्खेत ५, दैलेख ३, जाजरकोट ४, दाङ ५, सल्यान २, प्युठान २, रुकुम ३ र सुदुरपश्चिम प्रदेशका ६ जना फेला परेको जानकारी दिए । उनका अनुसार फेला परेका मध्ये ४५ प्रतिशतमा कुष्ठरोगको किटाणु ुपोजिटिभु देखिएको थियो । साइनिङ अस्पताल पश्चिम क्षेत्रमा कुष्ठरोगको निदान र उपचारका लागि रेफरल सेन्टरको रुपमा विकास भएको छ ।

अस्पतालले बहिरंग सेवामार्फत १८ हजार ९ सय ८ जनालाई सेवा प्रदान गरेको जनाएको छ । जसमा कुष्ठरोग सम्बन्धि समस्या लिएर आएका २ हजार ७ सय ८४ तथा छालाजन्य समस्या भएका १६ हजार १ सय २४ जना रहेका थिए । अन्तरंगतर्फ १६४ जना विरामीलाई भर्ना गरेर उपचार गरिएको अस्पताल प्रमुख थारुले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँके प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, खजुरा गाउँपालकाका अध्यक्ष डम्बर बहादुर विक, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक रविन्द्र कुमार शाह लगायतले साइनिंग अस्पतालले कुष्ठरोग एवम् छालाजन्य रोगहरुको निदान र उपचारसंगै सचेतना प्रबद्र्धनमा महत्वपूर्ण भूमिका निभाइरहेको बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ९ : ०० बजे

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल

अमेरिकामा भीषण आँधी : ११ हजार ४ सयभन्दा बढी उडान रद्द

न्यासभिल । अमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३