२३ श्रावण २०८३, शनिबार | August 9, 2026

मैनाबगर अटोभिलेजमा बृहत सरसफाई



बुटवल । बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रुपन्देही लुम्बिनीले अटो भिलेज क्षेत्रमा बृहत् सरसफाइ गरेको छ । अटो भिलेजलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित बिहिवार बृहृत रुपमा सरसफाई गरिएको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका सरसफाई शाखा प्रमुख लक्ष्मी गैरेले सरसफाइको विषय निकै संवेदनशिल भएको बताईन् । उनले सरसफाईलाई निरन्तरता दिनुपर्ने बताउँदै सरसफाई अभियान मार्फत बुटवललाई सफा राख्न सकिने बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी गैरेले मैनाबगर अटो भिलेज क्षेत्रमा सरसफाई बढि आवश्यक रहेको बताउँदै सरसफाई स्वास्थ्य क्षेत्रसंग पनि जोडिने भएकोले आफ्‌नो घर तथा व्यवसाय अगाडी सरसफाई गर्न आग्रह गरिन् ।

बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रुपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचन क्षेत्रीले यस क्षेत्रमा काम गर्ने तथा यहाँ बसोबास गर्नेहरुलाई फोहोरका कारणले हुनसक्ने रोगहरुबाट बचाउनको लागि सरसफाई महत्वपूर्ण रहेको बताए । सामूहिक प्रयासबाट मात्र सफाइ र व्यवस्थापनको लक्ष्य हासिल गर्न सकिने भन्दै सबै पक्षलाई साथ दिन आह्वान गरे ।

कार्यक्रम संयोजक दिपक पंगेनीले अटो भिलेज परिसर तथा पार्किङ क्षेत्र तथा बडि कारखाना तथा अन्य क्षेत्रहरुमा बिहान ११ बजेसम्म सरसफाई गरिएको बताए ।

महासचिव पुनित पोखरेलले अटो भिलेजमा बसोबास गर्ने तथा व्यवसाय सञ्चालन गर्दै आएका सबै अटो व्यवसायी, उद्यमी तथा साथीसाथीहरूको अनिवार्य सहभागिता गराईएको बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ८ : ४९ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी