२६ मंसिर २०८२, शुक्रबार | December 12, 2025

बुटवल उपमहानगरपालिका वडा नम्बर-१९ को कार्यालय भवन निर्माणको शिलान्यास, २ करोड ७३ लाख लागतमा बन्ने



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-१९ को नयाँ वडा कार्यालय भवन निर्माणको कार्य औपचारिक रूपमा सुरु भएको छ । वडाको रानीबारीस्थित भवनको शिलान्यास शुक्रबार उपमहानगर प्रमुख खेलराज पाण्डेयले गरे ।

शिलान्यास समारोहमा प्रमुख पाण्डेयले निर्धारित समयभित्र निर्माण कार्य पुरा गरी स्थानीयलाई सहज सेवा दिने वातावरण बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरे । संघीयता लागू भएको करिब एक दशक बित्दासमेत वडाको आफ्नै भवन नबनिनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै उनले संघीय सरकारबाट जग्गा प्राप्तिमा भएको ढिलासुस्तीले निर्माण प्रक्रिया प्रभावित भएको बताउँदै गुनासो व्यक्त गरे । ढिलाइका कारण हालसम्म वडा कार्यालय भाडाको घरबाट सञ्चालन गर्नुपरेको उनले बताए ।

बुटवल-१९ को वडा कार्यालय वि.स. २०७३ सालदेखि भाडामा सञ्चालन हुँदै आएको छ । सुरुमा मासिक १२ हजार रुपैयाँ तिर्ने गरेको कार्यालयले हाल मासिक १८ हजार रुपैयाँ भाडा बुझाउँदै आएको छ । यसैगरी नजिकैको वडा नम्बर १८ को कार्यालय निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमुख पाण्डेयले जानकारी दिए ।

बुटवल–१९ को नयाँ वडाभवन निर्माणका लागि मंसिर २४ गते सिभिल-रसभ कन्स्ट्रक्सन जेभीसँग सम्झौता भएको हो । २ करोड ७३ लाख ५६ हजार ३५८ रुपैयाँ लागतमा निर्माण हुने भवन आगामी २०८३ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

इञ्जिनियर नवराज पौडेलका अनुसार उक्त भवनमा दुईवटा सभाहलसहित १३ कोठा रहनेछन् ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ४ : १६ बजे

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा

काठमाडौँ । विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना

बुटवलको मिलनचोकमा खुल्यो ‘कृषि उद्योग मार्ट’, स्वदेशी कृषि सामग्री एकै ठाउँमा

बुटवल । कृषि औजार तथा विभिन्न कृषि सामग्री एकै ठाउँमा

फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ : नेतृ भुसाल

दमौली । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले

एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा

लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा हिमालयन रिसर्च इन्ष्टिच्युट स्थापना भएको