२६ मंसिर २०८२, शुक्रबार | December 12, 2025

नेपाल जेनजी फ्रन्टले झापाबाट जागरण सभाको सुरुआत गर्दै



काठमाडौँ । सरकार र जेनजी आन्दोलनकारीबीच भएको औपचारिक सम्झौतापछिको नयाँ चरणमा नेपाल जेनजी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत पहिलो जागरणसभा झापा क्षेत्र नं ५ बाट सुरु हुनेछ ।

आइतबारदेखि झापाको दमकमा आयोजना गरिने कार्यक्रममा नेपाल जेनजी फ्रन्ट (झापा) आयोजक र अग्रगामी झापा–५ समूह स्थानीय आयोजकका रूपमा रहने जनाइएको छ ।

कार्यक्रममा स्थानीय रूपमा जेनजी आन्दोलनमा सक्रिय जेनजी अगुवादेखि नागरिक समाजका प्रतिनिधिका साथै राष्ट्रियस्तरमा जेनजी आन्दोलनको नेतृत्वमा रहेर सक्रिय भूमिका निर्वाह गरेका युवाहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाल जेनजी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णले जानकारी दिए ।

उनका अनुसार नेपाल जेनजी फ्रन्टका तर्फबाट संयोजक रक्षा बम, सदस्य यतिष ओझा, काउन्सिल अफ जेनजीका प्रदेश नं १ संयोजक उपार्जुन चाम्लिङलगायत जेनजी अगुवाहरू उक्त कार्यक्रमको वक्ताका रूपमा रहनेछन् । ओझा झापा क्षेत्र नं ५ का स्थायी बासिन्दा र मतदातासमेत हुन् ।

यस जागरणसभाको उद्देश्य जेनजी आन्दोलनका माग र मर्मलाई देशव्यापी रूपमा विस्तार गर्ने, नागरिकबीच संवाद गर्ने र सम्झौतापछिको कार्यान्वयनमा जनस्तरको निगरानी सुनिश्चित गर्ने रहेको कर्णले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ६ : ४४ बजे

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’

काठमाडौँ । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

विधान संशोधन नगरि सकियो एमाले सचिवालय बैठक

काठमाडौँ । गत भदौ दोस्रो साता भएको विधान महाधिवेशनले पारित

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्य, दुई जनाको सनाखत

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा ३