१३ भदौ २०८३, शनिबार | August 29, 2026

नेपाल जेनजी फ्रन्टले झापाबाट जागरण सभाको सुरुआत गर्दै



काठमाडौँ । सरकार र जेनजी आन्दोलनकारीबीच भएको औपचारिक सम्झौतापछिको नयाँ चरणमा नेपाल जेनजी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत पहिलो जागरणसभा झापा क्षेत्र नं ५ बाट सुरु हुनेछ ।

आइतबारदेखि झापाको दमकमा आयोजना गरिने कार्यक्रममा नेपाल जेनजी फ्रन्ट (झापा) आयोजक र अग्रगामी झापा–५ समूह स्थानीय आयोजकका रूपमा रहने जनाइएको छ ।

कार्यक्रममा स्थानीय रूपमा जेनजी आन्दोलनमा सक्रिय जेनजी अगुवादेखि नागरिक समाजका प्रतिनिधिका साथै राष्ट्रियस्तरमा जेनजी आन्दोलनको नेतृत्वमा रहेर सक्रिय भूमिका निर्वाह गरेका युवाहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाल जेनजी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णले जानकारी दिए ।

उनका अनुसार नेपाल जेनजी फ्रन्टका तर्फबाट संयोजक रक्षा बम, सदस्य यतिष ओझा, काउन्सिल अफ जेनजीका प्रदेश नं १ संयोजक उपार्जुन चाम्लिङलगायत जेनजी अगुवाहरू उक्त कार्यक्रमको वक्ताका रूपमा रहनेछन् । ओझा झापा क्षेत्र नं ५ का स्थायी बासिन्दा र मतदातासमेत हुन् ।

यस जागरणसभाको उद्देश्य जेनजी आन्दोलनका माग र मर्मलाई देशव्यापी रूपमा विस्तार गर्ने, नागरिकबीच संवाद गर्ने र सम्झौतापछिको कार्यान्वयनमा जनस्तरको निगरानी सुनिश्चित गर्ने रहेको कर्णले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ६ : ४४ बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी