खजुरा । बाँकेको खजुरामा जारी आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा नतिजा आउन सुरु भएको छ ।
खजुरा ४ डि गाउँ स्थित मिनी रङ्गशालामा जारी प्रतियोगितामा लङ्गजम्प खेलमा शनिबार सम्पन्न प्राथमिक तह छात्रा तर्फ गोल्डेन ग्यालेक्सी एकेडमी प्रथम भएको छ । यस्तै, भानु मावि उढरापुर दोस्रो र जनता मावि बठवा तेस्रो भएको छ । प्राथमिक तहमै १०० मिटर दौडमा जनता मावि बठवा प्रथम, गोल्डेन ग्यालेक्सी एकेडमी दोस्रो र मनकामना मावि बलभद्रपुर तेस्रो भयो ।
प्राथमिक तह तर्फ ४ गुणे १०० मिटर रिलेमा गोल्डेन ग्यालेक्सी एकेडमी प्रथम बन्यो । सोहि प्रतियोगितामा जनता मावि बठवा दोस्रो र जन कल्याण मावि शान्तिनगर तेस्रो भए । लङ्गजम्प प्राथमिक तह छात्रको फाइनल खेल तर्फ जनकल्याण मावि शान्तिनगर प्रथम बन्यो । यस्तै, जनता मावि बठवा दोस्रो र नेरामावि मनकामनापुर तेस्रो भयो ।
सम्पन्न प्राथमिक तह तर्फमा १०० मिटरको दौडमा नेरामावि मनकामनापुर प्रथम भएको छ । दोस्रो जनकल्याण मावि शान्तिनगर तेस्रोमा आर्दश मावि डि गाउँ हुन सफल भएको छ । प्राथमिक तह तर्फ छात्र ४ गुणे १०० मिटर रिलेमा नेरामावि मनकामनापुर प्रथम, जनता मावि बठवा दोस्रो र जनकल्याण मावि शान्तिनगर तेस्रो भएको छ ।
शटपट निम्न माध्यमिक तह अमर मावि गौतम बस्ति प्रथम, जनसेवा मावि पुरैना गिजरा दोस्रो र सिटिजन नमुना ई मि स्कुल तेस्रो बन्यो । निम्न माध्यमिक तह एक सय मिटर दौडमा जनसेवा मावि पुरैना गिजरा प्रथम हुँदा मैटहवा मावि चन्द्रनगर दोस्रो र ने.रा.आ.वि. धौलागिरी तेस्रो भयो ।
निम्न माध्यमिक तह ८ सय मिटर दौडमा आदर्श मावि डि गाउँ प्रथम भयो । यस्तै, जनसेवा मावि पुरैना गिजरा दोस्रो र सिटिजन नमुना इ मि स्कुल तेस्रो बनेको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । २ सय मिटर दौडमा ज्ञानोदय नमुना मावि खजुरा प्रथम, ने.रा.आ.वि धौलागिरी दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो भएको छ । निम्न माध्यमिक तर्फ लङ्गजम्प खेलमा जनसेवा मावि पुरैना गिजरा प्रथम, अमर मावि गौतम बस्ती दोस्रो र ने.रा.आ.वि धौलागिरी तेस्रो भएको छ ।
निम्न माध्यमिक तहमा ४ गुणे १०० मिटर रिलेमा जनता मावि सन्तकुटि प्रथम बन्यो । सोहि खेलमा आदर्श मावि डि गाउँ दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो भयो । शटपटमा छात्र तर्फको फाइनल नतिजामा निम्न माध्यमिक तर्फ ज्ञानोदय नमुना माध्यमिक विद्यालय प्रथम बन्यो । यस्तै, सोहि खेलमा जनता मावि सन्तकुटि दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो भएको छ ।
निम्न माध्यमिक तह अन्तर्गत १०० मिटर दौडमा ज्ञानोदय नमुना मावि खजुरा प्रथम भयो । सोहि खेलमा जेनिथ मावि खजुरा दोस्रो र जनकल्याण मावि शान्तिनगर तेस्रो भएको छ ।
मेयर रनिङ शिल्डमा निम्न माध्यमिक तह तर्फ ८ सय मिटर दौडमा ज्ञानोदय नमुना मावि खजुरा प्रथम बन्यो । सोहि खेलमा योगिनी मावि गौघाट दोस्रो र अमर मावि गौतमबस्ती तेस्रो बनेको छ । निम्न माध्यमिक तहमा २ सय मिटर दौड तर्फ जेनिथ मावि खजुरा प्रथम हुँदा ज्ञानोदय मावि खजुरा दोस्रो र अरुणोदय मावि खजुरा तेस्रो भएको खेलकुद विकास परिषदका सदस्य सचिव छवि विष्टले जानकारी दिए ।
मेयर रनिङ शिल्डमा निम्न माध्यमिक तह अन्तरर्गत लङ्गजम्प खेलमा जनता मावि सन्तकुटि प्रथम, अरुणोदय मावि खजुरा दोस्रो र ज्ञानोदय नमुना मावि खजुरा तेस्रो बनेका छन् । शनिबार भएको खेलमै निम्न माध्यमिक तह ४ गुणे १०० मिटर रिले दौडमा ज्ञानोदय नमुना माध्यमिक विद्यालय प्रथम बन्यो । सोहि खेलमा अरुणोदय मावि खजुरा दोस्रो र जेनिथ मावि खजुरा तेस्रो भएको छ ।
शनिबार नै कराते खेल पनि सन्चालन भएको फिल्ड मार्सल कृष्ण भण्डारीले जानकारी दिए । प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिक तर्फ एथलेटिक्स भलिवल र कपड्डी गरी जम्मा ३० इभेन्ट्समा छात्रा २६८ छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरु सहभागी भएको सचिवालय संयोजक तथा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले बताए ।
आधारभूत तह कक्षा ६ देखि ८ कम १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरु सहभागी भएका छन । प्राथमिक तहमा ६ वटा इभेन्टहरुमा कक्षा १ देखि ५ सम्मका लागि छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरु सहभागी छन । छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरुले जम्मा ५८ इभेन्टसमा प्रतिस्पर्धा गर्ने गरी प्रतियोगिता सञ्चालन र व्यवस्थापन गरिएको फिल्ड मार्सल भण्डारीले जानकारी दिए । आइतबार थप खेलहरु सन्चालन हुने र नतिजा पनि प्राप्त हुने रनिङ शिल्ड सन्चालन तथा व्यवस्थापन गरिरहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋिषिराम सापकोटाले जानकारी दिए । आइतबार पनि विहान ८ बजे देखि खेलहरु सन्चालन हुने छन ।
तस्बिर : तिलक गाहा मगर

















प्रतिक्रिया