खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका पूर्व अध्यक्ष किस्मत कुमार कक्षपतीले केन्द्रीय सदस्यका लागि उम्मेवारी दर्ता गराएका छन् । उनले लुम्बिनी प्रदेशबाट जनजाति क्लस्टरको खुल्लातर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।
बाँकेको खजुरा गाउँपालिबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजय भई गाउँपालिकाको संस्थापक अध्यक्ष भएर काम गरेका उनी एमाले लुम्बिनी प्रदेश समितिका सदस्य हुन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल निर्माणमा महत्वपूर्ण भूमिका खेलेका उनी उक्त अस्पतालको संस्थापक अध्यक्ष समेत हुन् ।
महाधिवेशनका लागि उनी केन्द्रीय समितिले मनोनयन गरेको १०८ जना प्रतिनिधि कोटामा लुम्बिनी प्रदेश समितिको सिफारिसमा मनोनित भएका थिए ।


















प्रतिक्रिया