२६ माघ २०८२, सोमबार | February 9, 2026

औद्योगिक प्रदर्शनीको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह, स्टल निर्माणको काम अन्तिम चरणमा



बुटवल । ।रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमस्थित राष्ट्रिय औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको सुरक्षा व्यवस्थाका विषयमा सरोकारवाला पक्षले विशेष दिन आग्रह गर्दै आयोजकलाई साथ दिने प्रतिवद्धता जनाएका छन ।

सोमबार प्रदर्शनी स्थलमा संघले यस क्षेत्रका सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघ संस्थाको नेतृत्व तथा सुरक्षा उपसमितिका सदस्यहरुबीच आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरुले प्रदर्शनी र महोत्सवहरुमा विभिन्न स्वार्थ राखेर आउनेहरुको विशेष ख्याल गरिने, आयोजकको तर्फबाट राखिने सुरक्षा संयन्त्रलाई विशेष चनाखो राखिने र सुरक्षा निकायहरुबाट आवश्यक सुरक्षा सर्तकता अपनाइने गरी यसलाई सफल बनाउनुपर्ने जनाएका छन । आयोजक समितिको तर्फबाट अध्यक्ष कृष्ण प्रसाद पराजुलीले सबैका सुझावका आधारमा यसलाई अघि बढाइने जानकारी दिए ।

संघका द्वितीय उपाध्यक्ष तथा सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक युवराज आचार्यले आयोजकबाट तयारी गरिएको सुरक्षा सँगै सरकारी सुरक्षा निकायको समन्वयमा सुरक्षा योजना बनाइएको बताउँदै यसका लागि यो क्षेत्रका अनुभवीहरु सँग निरन्तर सुझाव सल्लाह लिइरहने बताए ।

सोमबारको बैठकमा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख श्रीनाथ पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख इन्द्र बहादुर राना, सशस्त्र प्रहरी बलबाट चन्द्रमणि पौडेल, प्रहरी निरीक्षक डम्बरदेव गिरी सहित नेपाल उद्योग परिसंघका लुम्बिनी अध्यक्ष एजाज आलम, चेम्बर अफ कमर्शका लुम्बिनी अध्यक्ष टंक पोखरेल, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष माधव पौडेल, निवर्तमान अध्यक्ष दिलिप सापकोटा, उद्योगी भूपाल कुमार श्रेष्ठले लामो समयको प्रदर्शनीको अनुभवमा अपनाइएका सुरक्षा रणनीति अपनाउन सुझाव दिएका थिए । बैठक महासचिव सुमन बस्यालले संचालन गरेका थिए ।

प्रदर्शनीका सम्पन्न गर्नका लागि संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, साथै निवर्तमान अध्यक्षको संयोजनमा विशेष मूल्याङ्कन समिति तथा ३० वटा विभिन्न उपसमिति गठन गरेर सबै तयारी अन्तिम चरणमा छ । भर्खर निर्माण सम्पन्न भएको आधुनिक अन्तर्र्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुने र यसको सजावटदेखि व्यवस्थापन तथा हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने र स्वदेशी उत्पादनलाई मात्रै यहाँ स्थान दिइनेगरी संघले दर्ता हुने स्टलहरुलाई कडा नियम बनाएको छ ।

अहिले स्टल निर्माणको काम अन्तिम चरणमा भइरहेको र प्रचारको काम पनि सबैतिर भएको प्रचार संयोजक ई किरण खरेलले जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : ३२ बजे

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर

पूर्वाधार निर्माणमा प्रणालीगत समस्या मुख्य दोषी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको पूर्वाधार विकासको