१४ चैत्र २०८२, शनिबार | March 28, 2026

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्जका पूर्व मेयर विजय गुप्ता बसे आमरण अनशनमा



नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश कार्यान्वयनको माग राख्दै आमरणसहित रिले अनसन सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय, बाँकेको मुख्य प्रवेशद्वार अगाडि सहकारीका पीडितहरु मध्यबाट ५ जनाले आमरण तथा रिले अनसन सुरु गरेका हुन् ।

अनशन सुरु गरेका मध्य एक जना आमरण अनशनमा र अन्य ४ जनाले रिले अनसनमा बसेका छन् । नेपालगन्जका पूर्व नगर प्रमुख समेत रहेका सहकारी पीडित संघर्ष समितिका संयोजक वरिष्ठ अधिवक्ता विजय गुप्ता आमरण अनसनमा बसेका छन् भने माया पासी, रामचन्द्र पासी, मोतिकुमारी पासी र गुग्धी यादव रिले अनसनमा बसेका छन् ।

आमरण अनसनसम्म आइपुगेका पीडितहरु ६ वर्षदेखि सडक आन्दोलन गर्दै आएका छन् । सहकारीमा ४३ करोडबढी अपचलन भएपछि २०७६ असोज २८ गते ४१ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । जिल्ला अदालतले २०८० पुस २६ गते १९ जनालाई कसुरदार ठहर गर्दै सजाँय सहित बिगो असुलीको आदेश गरेको थियो । जिल्लाको आदेशलाई उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले समेत सदर गरिसकेको छ ।

अदालतले कसुरदारलाई कैद, जरिवाना र बिगो भराउने आदेश गरेको छ । त्यससँगै सहकारी डिभिजन, मन्त्रालय, जिल्ला प्रशासन, पीडितका प्रतिनिधि राखेर तदर्थ समिति बनाउन र विशेष साधारण सभा गरेर सहकारीलाई सञ्चालनमा ल्याउन भनिएको थियो । संघर्ष समितिका संयोजक गुप्ताले दुई महिनामा तदर्थ समिति बनाउनु भन्ने अदालतको आदेश कार्यान्वयन नभएकाले आमरण तथा रिले अनसन सुरु गरिएको जानकारी दिए । तदर्थ समिति हुँदै विशेष साधारण सभा गरेर सहकारी सञ्चालन गर्न सकिएमा उठाउन बाँकी कर्जा उठाउने, कसुरदारबाट बिगो भराउने र बचतकर्ताको रकम फिर्ता गर्दै जाने गुप्ताको भनाई छ ।

आमरण तथा रिले अनसन सुरु गर्नुअघि पीडितहरुले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका थिए ।

ज्ञापनपत्र बुझे लगत्तै बाँकेका प्मुख जिल्ला अधिकारी दीलकुमार तामाङले जिल्ला प्रशासन कार्यालय, बाँकेले सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई सहजीकरणका लागि जिम्मेवारी तोकेका छन् । गुरुङले सहकारी विभागसँग समन्वय गरिरहेको र आज भोलीमै सहकारी विभागबाट मागको सुनुवाई हुने विश्वास व्यक्त गरे ।

जिल्लाको ठूलोमध्येको सहकारीमा ११ हजार ८ सय ४ जना बचतकर्ता रहेका छन् ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १० : ५२ बजे

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको