काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल २ हजार २६३ मतदातामध्ये २ हजार २७ मत खसेको छ भने ३६ मत खस्न सकेन । विभिन्न कारणले ती प्रतिनिधि मतदानमा सहभागी हुन नसकेको आयोगले जनाएको छ ।
बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान विद्युतीय भोटिङ मेसिनमार्फत सम्पन्न गरिएको थियो । मतदान प्रक्रियाका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइएको थियो ।
महाधिवेशनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ, जसका लागि करिब ६४२ जनाले उम्मेदवारी दिएका छन् । मतदान सम्पन्न भएसँगै अब मतगणना प्रक्रिया सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।



















प्रतिक्रिया