३ पुस २०८२, बिहिबार | December 18, 2025

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

 एक हप्ताभित्र टोलटोलमा सुरक्षा समिति बनाउन निर्देशन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले नेतृत्वलाई छोएकै दिन देश ठप्प हुने चेतावनी दिएका छन् ।

११औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएलगत्तै महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् । एमाले नेतृत्वलाई घेरा हाल्ने, पक्राउ गर्ने जस्ता हल्ला सुनिएको भन्दै उनले त्यस्तो भए तत्कालै देश ठप्प पार्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले अपराधिक तत्वहरुले अराजकता फैलाउन खोजेको जिकिर गर्दै त्यस्ता तत्वहरुलाई नियन्त्रण गर्न टोलटोलमा सुरक्षा समिति बनाउन पनि निर्देशन दिए ।

ओलीले अहिले देशमा अराजकता मच्चाउन खोजिएको र एमालेले त्यसलाई रोक्ने दाबी गरे। उनले सरकारको मात्रै भर पर्दा धोका पाउन सकिने भन्दै एक हप्ताभित्र देशभर टोल–टोलमा सुरक्षा समिति बनाउन निर्देशन दिएका हुन्। उनले भने, ‘देशमा अहिले असुरक्षा रहेको छ । त्यसैले आफ्नै खुट्टामा उभिएर आफ्नै सुरक्षा गर्नुपर्ने अवस्था छ । टोल–टोलमा सुरक्षा समिति अविलम्ब बनाउनुहोस्। एक हप्ताभित्र।’ उनले अन्य पार्टीहरुलाई पनि यस्तै काम गर्न आग्रह गरे ।

अध्यक्ष ओलीले सही कुरा गर्न नडराउन सबैलाई आग्रह गरे । उिद्योग व्यवसायीहरूलाई सम्बोधन गर्दै एक समय आगो लगाउन आए पनि अब त्यस्ता कुराले स्थान नपाउने भन्दै भरोसा दिने काम गरे । अब उद्योगीव्यवसायीको रक्षा पनि एमालेले गर्ने उनले बताए ।

ओलीले सरकारले जेनजीहरुसँग गरेको १० बुँदे सम्झौता एमालेले खारेज गर्ने बताए । उनले यस्तो असंवैधानिक सम्झौता लागु हुन नदिने दाबी गरे । यो सरकारले चुनाव नचाहेको उल्लेख गर्दै उनले सर्वोच्चले संसद पुनस्र्थापना गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ७ : ४० बजे

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले