६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ



काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले मानव बेचबिखन, अपहरण शरीर बन्धक डाँका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका र जेनजी आन्दोलनका क्रममा भागेका दुईजनालाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँको टोखाका ४६ वर्षीय श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका ३० वर्षीय विनोद केसी भन्ने विनोद गौतम रहेका छन् । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले पक्राउ डङ्गोलले मानव बेचविखन र गौतमले अपहरण शरीर बन्धक डाँका र सङ्गठित अपराधमा कैद भुक्तान गरिरहेको बताए ।

पक्राउ दुवैलाई कैद भुक्तानका लागि आजै केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १० : ०५ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको