काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गरेको हो ।
सहसचिव बन्धु प्रसाद बाँस्तोला र सम्भु प्रसाद मरासिनीलाई प्रदेश सचिवका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा कामकाजमा खटाइएको छ ।
सुनिता नेपाललाई लगानी बोर्डको कार्यालयमा सरुवा गरिएको छ । विनोद कुमार कुँवरलाई राष्ट्रिय समावेशी आयोगमा सरुवा गरिएको छ । त्यस्तै सुशील ढकाललाई भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।



















प्रतिक्रिया