काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता सन्देश सभा आयोजना गर्दैछ। बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुने उक्त सभा काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुनेछ।
सभामा ५० हजार भन्दा बढीको सहभागिता रहने दाबी नेकपाले गरेको छ। सभाका लागि आएकाहरु बिहान ११ः३० बजे मैतीदेवी, लैनचौर, सुन्धारा, न्यूरोड, शान्ति बाटिकाबाट सहभागीहरू भेला भई जुलुस निकाल्नेछन् । चारैतिरको जुलुस कार्यक्रमस्थल भृकुटीमण्डपमा जम्मा हुने नेकपाका नेता हिमाल शर्माले बताए ।
सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वटा वामपन्थी घटक गत कात्तिक १२ गते एकीकृत भई नेकपा गठन भएको थियो । त्यसपछि पार्टीले देशभर एकता सन्देश सभा आयोजना गर्दै आएको छ।



















प्रतिक्रिया