७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न



बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक सामूहिक रूपमा शङ्ख बजाउने प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी पूजासामग्री भण्डार, बुटवलको आयोजनामा विश्व हिन्दु महासङ्घ बुटवलको सभाहलमा उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा २० जना प्रशिक्षकहरूले सहभागीलाई विभिन्न समूहमा विभाजन गरी शङ्ख बजाउने व्यवहारिक अभ्यास गराएका थिए । लुम्बिनी प्रदेशसहित नेपाल-भारत सीमावर्ती क्षेत्रबाट समेत गरी करिब २५० जनाको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा महिला, युवा, ज्येष्ठ नागरिक, धार्मिक अभियन्ता, ज्योतिष पण्डितलगायतको उत्साहजनक उपस्थिति देखिएको थियो ।

प्रशिक्षणका क्रममा वाचन सम्राट तथा धार्मिक अभियन्ता भीमकान्त पन्थीले शङ्खको उत्पत्ति, परिचय, धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्त्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले शङ्ख फुक्दा स्वास्थ्य, वास्तु र पर्यावरणमा पर्ने सकारात्मक प्रभावबारे समेत प्रकाश पारे ।

त्यसैगरी, प्राध्यापक डा. बाबुराम ज्ञवालीले श्रीमद्भगवद्गीता र विभिन्न पुराणहरूमा शङ्खको स्थान, महिमा तथा कथाप्रसङ्गबारे चर्चा गरे । सञ्चारकर्मी खेम रेग्मीले यस्ता कार्यक्रमले सनातन धर्म र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिने उल्लेख गर्दै निरन्तरताको आवश्यकता औँल्याए ।

विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानेले घर-घरमा शङ्ख भए पनि नियमित पूजामा बज्न छोडेको, बजाउने इच्छा भए पनि सीपको अभाव रहेको अवस्थालाई ध्यानमा राखेर सबैलाई शङ्ख बजाउन सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अधिवक्ता बेनबहादुर पौडेलले जीवनमै पहिलोपटक यति व्यवस्थित रूपमा सामूहिक शङ्ख प्रशिक्षण देख्न पाएको उल्लेख गर्दै यसले सनातन धर्म र संस्कृतिको संरक्षणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष सुन्दर भण्डारीले आगामी दिनमा पनि पूजासामग्री भण्डारमार्फत यस्ता धार्मिक, सांस्कृतिक तथा प्रशिक्षणमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

आचार्य कमल पौडेलले सञ्चालन गरेको कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले जीवनमै पहिलोपटक विभिन्न स्वर र विधिसहित निःशुल्क शङ्ख बजाउने तालिम पाउन पाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ६ : २७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क