६ पुस २०८२, आइतबार | December 21, 2025

मधेस प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै, दुई उम्मेदवार मैदानमा



काठमाडौं । मधेस प्रदेशमा सभामुख चयनका लागि आज आइतबार मतदान हुँदैछ । सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेकाले प्रदेशसभाबाट निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो ।

मधेस प्रदेशको सभामुखका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशीष यादव र नेकपा ९एमाले०का त्रिलोकी प्रसाद उम्मेदवार रहेका छन् । यादव सत्तारुढ सात दलीय गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।

जसपा नेपालका प्रमुख सचेतकसमेत रहेका यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक र नेकपा (माओवादी केन्द्र)का फकिरा महतो समर्थक रहेका छन् । उम्मेदवारी दर्ताअघि बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

त्यसैगरी, एमालेका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्तावकमा प्रदेशसभा सदस्य शारदादेवी थापा र समर्थकमा जयचन्द्रप्रसाद पटेल रहेका छन् । उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आइतबार हुने मतदानबाट मधेस प्रदेशले नयाँ सभामुख पाउनेछ ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ८ : ०३ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा