१८ चैत्र २०८२, बुधबार | April 1, 2026

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आफ्ना परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने बताएकी छन् । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा उनले यस्तो बताउकी हुन् ।

कतिपय समाज अहिले आफ्नो पहिचान खोजिरहेको उल्लेख गर्दै उनले आधुनिकताका नाममा मौलिकता बिर्सँदै गएकोमा चिन्ता प्रकट गरिन् । प्रधानमन्त्री कार्कीले नेपाली समाजले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउँदै संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमशः हटाउँदै जानुपर्ने भए पनि मौलिक परम्परा र वेशभूषा भने संरक्षण गर्नुपर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘आफ्नो पहिचान के हो भन्ने नै थाहा नपाउने अवस्था छ। तर हामी नेपालीहरूसँग विविध र मौलिक संस्कृति तथा परम्परा छन्, जसलाई जोगाउनैपर्छ। बरु सरकारी कार्यालयहरूमा हप्तामा एक(दुई दिन परम्परागत पोसाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्न सकिन्छ।’

भेटका क्रममा परिषद्ले आउँदो पुस १५ गते आयोजना हुने तमु ल्होसारसम्बन्धी कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री कार्कीलाई आमन्त्रण गरेको छ। परिषद्का महासचिव राजु गुरुङले निमन्त्रणा पत्र वाचन गरेर प्रधानमन्त्रीलाई सुनाएका थिए ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  २ : ४९ बजे

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको

नेप्सेमा पहिरो जाने क्रम रोकिएन, आज ७४ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७४ दशमलव ७३

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारी प्रयासविरुद्ध १४ संगठनको संयुक्त विरोध

काठमाडौं । विद्यार्थी संगठनहरु खारेज गर्ने र विश्वविद्यालयबाट विद्यार्थी संगठनहरूलाई