१८ चैत्र २०८२, बुधबार | April 1, 2026

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा



काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक मिराज ढुङ्गानाले आन्दोलनको औपचारिक घोषणा गर्दै सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन सबैलाई आह्वान गरे। उनका अनुसार जेनजी आन्दोलनको मर्मविपरीत सरकार अघि बढेकाले अब सडक आन्दोलन अपरिहार्य भएको हो ।

ढुङ्गानाले जेनजी आन्दोलनप्रति धोका दिइएको आरोप लगाउँदै वर्तमान राजनीतिक संकटको निकासका लागि सर्वपक्षीय सरकार गठन गर्नुपर्ने माग गरे । उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असफल भइसकेको दाबी गर्दै जनअपेक्षा पूरा गर्न नसकेको बताए ।

उनका अनुसार आन्दोलन शान्तिपूर्ण हुने र देशभर चरणबद्ध रूपमा विस्तार गरिने छ । सरकारले जेनजी आन्दोलनका मूल मुद्दालाई बेवास्ता गरेसम्म संघर्ष जारी रहने चेतावनीसमेत उनले दिएका छन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ३ : ४९ बजे

नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

काठमाडौं । नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित

कांग्रेस नेता चन्द्र भण्डारीको प्रश्न -‘पाका नेताहरू पाका बन्नु पर्दैन र ?’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संयमित र

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको