५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित



जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार बसेको मधेश प्रदेशसभा बैठकमा मत विभाजनमार्फत सम्पन्न निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन् । विपक्षी पक्षमा २४ मत परेको थियो । बैठकमा कुल ९६ जना सांसद उपस्थित थिए ।

सभामुखको आसनमा रहेकी उपसभामुख बबिता राउत इशरले रामअशिष यादव निर्वाचित भएको औपचारिक घोषणा गरिन् । यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले पेश गरेका थिए ।

यादवलाई सभामुखमा निर्वाचित गर्ने प्रस्ताव बहुमतले पारित भएपछि प्रतिस्पर्धी उम्मेदवार नेकपा (एमाले) का त्रिलोकी प्रसाद यादवको प्रस्तावलाई अघि नबढाइएको सभाले जनाएको छ ।

नव-निर्वाचित सभामुख रामअशिष यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी यसअघि जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारीमा समेत रहँदै आएका थिए ।

यसअघि नेकपा (एमाले) बाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै गत मंसिर ३ गते दुई तिहाई बहुमतका आधारमा पदमुक्त गरेको थियो । त्यसयता रिक्त रहेको सभामुख पदमा आज यादव निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : २६ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही