२१ भदौ २०८३, आइतबार | September 6, 2026

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित



जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार बसेको मधेश प्रदेशसभा बैठकमा मत विभाजनमार्फत सम्पन्न निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन् । विपक्षी पक्षमा २४ मत परेको थियो । बैठकमा कुल ९६ जना सांसद उपस्थित थिए ।

सभामुखको आसनमा रहेकी उपसभामुख बबिता राउत इशरले रामअशिष यादव निर्वाचित भएको औपचारिक घोषणा गरिन् । यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले पेश गरेका थिए ।

यादवलाई सभामुखमा निर्वाचित गर्ने प्रस्ताव बहुमतले पारित भएपछि प्रतिस्पर्धी उम्मेदवार नेकपा (एमाले) का त्रिलोकी प्रसाद यादवको प्रस्तावलाई अघि नबढाइएको सभाले जनाएको छ ।

नव-निर्वाचित सभामुख रामअशिष यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी यसअघि जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारीमा समेत रहँदै आएका थिए ।

यसअघि नेकपा (एमाले) बाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातदलीय गठबन्धनले पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै गत मंसिर ३ गते दुई तिहाई बहुमतका आधारमा पदमुक्त गरेको थियो । त्यसयता रिक्त रहेको सभामुख पदमा आज यादव निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ४ : २६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका