काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशिला र्काीलाई भेट्न बालुवाटार पुगेका छन् । रास्वपाका नेताहरुसहित बालुवाटार पुगेका सभापति लामिछाने रप्रधानमन्त्री कार्कीबीच समसामयिक परिस्थितलगायत विषयमा छलफल भएको बताइएको छ ।
लामिछानेसँग बालुवाटार जाने राव्पा नेताहरुमा स्जर्णिम वाग्ले, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्यसहितका नेताहरु रहेका छन् । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको समेत सहभागिता रहेको थियो ।
तुलसीपुर उच्च अदालतको आदेशबाट बिहीबार धरौटीमा रिहा भएका लामिछाने शुक्रबार मात्रै थुनामुक्त भएका थिए ।
उनले आइतबारदेखि पुनस् पार्टीको सभापतिको जिम्मेवारी सम्हालेका छन् ।



















प्रतिक्रिया