१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बालेन र रवि लामिछानेबीच भेटवार्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। रास्वपाका पूर्वसांसद असिम शाहको काठमाडौं कमलपोखरीस्थित घरमा भेटवार्ता भएको हो।

छलफलमा रास्वपाबाट लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी छन् भने बालेन समूहबाट उनीसहित वार्ता समितिका संयोजक कुमार बेन सहभागी रहेको स्रोतको दाबी छ ।

शुक्रबार हिरासत मुक्त भएलगत्तै रास्वपा सभापति लामिछानेले राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन्।

उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए। सहकारी ठगी प्रकरणमा कारागारमा रहेका रविले कारागारबाट बाहिरिएपछिको आफ्नो पहिलो राजनीतिक भेटघाट बालेनबाट सुरु गरेका हुन्।

 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ९ : ३१ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि