१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु



बुटवल । अत्यधिक चिसोका कारण रुपन्देहीको मर्चवार क्षेत्रमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगावाँ निवासी ५८ वर्षीय बङ्गुर (लम्बु) हरिजन रहेका छन् ।

इलाका प्रहरी कार्यालय मझगावाँका अनुसार हरिजनको सोही वडास्थित दुईमोहान पुल नजिक अत्यधिक चिसोका कारण मृत्यु भएको हो । उनी लुम्बिनीस्थित महिलवारमा औषधि उपचार गराएर घर फर्किने क्रममा चिसोले असह्य भएपछि बाटोमै ढलेका थिए ।

इलाका प्रहरी कार्यालय मझगावाँ, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक तपेन्द्र विष्टले मंगलबार बेलुका करिब ४ः३० बजे पुल नजिकै हरिजन लडेको अवस्थामा भेटिएको जानकारी दिए । प्रत्यक्षदर्शीहरूका अनुसार उनी बजारबाट घर फर्किंदै गर्दा अचानक ढलेका थिए ।

घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा अत्यधिक चिसोका कारण स्वास्थ्य अवस्था बिग्रिएर मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको थप विवरण संकलन तथा आवश्यक अनुसन्धान कार्य जारी रहेको छ । चिसो बढ्दै गएको यस मौसममा विशेषगरी वृद्ध, बिरामी तथा कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिहरूलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ५ : ३६ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार