९ पुस २०८२, बुधबार | December 24, 2025

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु



भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ चिकित्सकसहितको टोलीले भक्तपुरमा विद्यार्थीको निःशुल्क मुटु परीक्षण शिविर सुरु गरेको छ ।

आजदेखि सुरु भएको शिविर यही पुस ११ गतेसम्म सञ्चालन हुने शिविरमा नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको मुटुरोगको प्रारम्भिक परीक्षण सुरु गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

शिविरमा भक्तपुरका ३५ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण हुने जनाइएको छ । नगरपालिकाले च्यामासिंहस्थित बागीश्वरी कलेज, न्यातापोल सेकेण्डरी स्कुल, बागेश्वरी माध्यमिक विद्यालय र खोप्रिङ इङ्लिस एकेडेमीमा विद्यार्थीहरूको मुटु परीक्षण भइरहेको उनले बताए ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ९ : ४७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना