२८ असार २०८३, आइतबार | July 12, 2026

भक्तपुरमा वृद्धवृद्धा स्याहारकर्ता तालिम सुरु



भक्तपुर । भक्तपुरमै पहिलो पटक वृद्धवृद्धाको स्याहारसुसार (केयर गिभर) सम्बन्धीको तालिम सुरु भएको छ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारी सृजनानगरमा एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको हो ।

इजराइलमा झण्डै डेढ दसक त्यस सम्वन्धी अनुभब बटुलेर आएकाहरुको संयुक्त प्रयासबाट केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रकी संस्थापक अध्यक्ष अमृत्यश्वरी सुवालले घरघरमा हुने वृद्धवृद्धाको स्याहार कसरी गर्नुपर्छ भन्ने ज्ञान घरघरमा हुनुपर्ने भएकोले तालिम केन्द्र सञ्चालनमा ल्याइएको जनाइन् । तालिमप्रति महिला पुरुष दुवैको उतिकै आकर्षण रहेको सुवालले सुनाइन् ।

तलिममा विशेष गरेर अझ विदेश जाने सपना बोकेकाहरुको रुचि देखिएको जनाइएको छ । यहाँं तीन महिनाको तालिम लिएपछि स्वदेश वा विदेशमा सजिलै रोजगारी पाइने भएकोले यसप्रतिको आकर्षण वढेको हो, सुवालले भनिन्, विदेशमा पनि यो सीप लिएर गयो भने स्टुडेन्ट भिसामा जानेहरुले पनि सजिलै पार्ट टाइम काम पाउने हुन्छ ।
घरघरमा हुने ज्येष्ठ उमेरको स्याहारसुसार अहिलेसम्म नेपालमा जे आयो त्यो तरयो भन्ने नेपाली उखान जस्तै भइरहेको छ । तालिमपछि वृद्धवृद्धालाई स्याहार्ने वैज्ञानिक अनि व्यवहारिक सीपहरु सिकिने छ ।

एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सृजनानगर १ भक्तपुरका प्रोपाइटर रामबाबु राउतका अनुसार यो कोर्ष सीटीईभीटीईसँंग सम्बन्धित् हुन्छ । उनका अनुसार यो कोर्ष तीन महिनाको हुन्छ । यसका साथसाथै वृद्धवृद्धाको उचित र वैज्ञानिक स्याहारसुसारका लागि सीटीईभीटीईको नै वारिस्ता (कफी मेकिंग एण्ड सर्भिस) र हाउस किपिङ सर्भिस तालिम पनि रहेको राउत सुनाउँंछन् । इजरायलमा यही क्षेत्रमा १५ वर्षको अनुभब बटुलेर आएका राउत विकशित अविकशित सवै देशका परिवारका एक न एक सदस्य यस विषयमा जानकारी राखीरानुपर्ने आवश्यकता औंल्याउँंछन् ।

हरकेका घरमा हुने वृद्धवृद्धा स्याहार्ने क्रममा जानेर वा नजानेर हरेक गल्तीहरु भइरहेका हुन्छन्, उनले भने, त्यही गल्ती हुन नदिई राम्ररी हेरचाहका लागि यसको महत्व अझ धेरै छ ।’ तालिम लिनका लागि महिलाहरु मात्रै नभई पुरुषहरु पनि उतिकै आउने गरेको उनले सुनाए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ४ : १५ बजे

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको