११ पुस २०८२, शुक्रबार | December 26, 2025

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब तथा विपन्न परिवारको सहारा बनेको छ । आर्थिक रुपले विपन्न, वृद्ध-वृद्धा, सामाजिक रुपमा पिछडिएका तथा लक्षित वर्गले उपचार सेवामा सहुलीयत प्राप्त गर्ने भएपछि सेवाग्राहीको चासो र चाप बढ्दै गएको छ ।

आंशिक तथा पूर्ण निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्नेभएपछि सेवाग्राहीको आकर्षण र विश्वास बढ्दै गएको हो । सामाजिक सेवा ईकाई मार्फत अस्पताल बिकास समितिले आफ्नो आन्तरिक श्रोतबाट पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ करोड रुपैयाँ बढीको सेवा उपलब्ध गराएको छ । उक्त कार्यक्रमबाट २ करोड २१ लाख ९४ हजार ३६९ रुपैयाँ बराबरको सेवा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ ।

अस्पतालमा सामाजिक सेवा ईकाई मार्फत समीक्षा अवधिमा ८ हजार ९१६ जनालाई सेवा उपलब्ध गराइएको छ । लुम्बिनी प्रदेशका सबै जिल्ला तथा छिमेकी प्रदेशका जिल्लाहरुबाट समेत स्वास्थ्य उपचारका लागि आउने यस अस्पतालमा स्थानीय सरकारको सिफारिसका आधारमा सेवा उपलब्ध गराउने गरिएको छ । यद्यपी स्थानीय सकारले भने उपचार सेवाका लागि कुनै आर्थिक दायित्व लिने गरेका छैनन् ।

स्वास्थ्य सेवा सेवा ईकाइका प्रमुख नेत्र आचार्यका अनुसार यस इकाईबाट सेवा लिनेमा सबैभन्दा बढी रुपन्देही जिल्लाका छन् । २०८१/०८२ को तथ्याङ्क अनुसार रुपन्देहीका ४ हजार २५२ जनालाई १ करोड ८८ हजार रकम बराबरको उपचार सेवामा छुट उपलब्ध गराइएको छ । जसको खर्च अस्पताल बिकास समितिले आफ्नो आन्तरिक स्रोतबाट ब्यहोर्दै आएको उनले बताए । यसैगरी कपिलवस्तुबाट आएका ९०३ जना, नवलपरासीका ५९९ जना, अर्घाखाँचीका ७६४ जना, गुल्मी जिल्लाका ८३६ जना, पाल्पाका ३५४, प्यूठानका २७४, दाङका १४२, रोल्पाका १३४, रुकुम पूर्वका १८ तथा बर्दियाका ३ जनालाई स्थानीय जनप्रतिनिधिको सिफारिसका आधारमा उपचारमा छुट सेवा उपलब्ध गराइएको छ । यसैगरी लुम्बिनी प्रदेश बाहिरका जिल्ला तथा अन्य सेवाग्राही ३३७ जनालाई उपलचारमा छुट सेवा उपलब्ध गराइएको छ ।

उपचार सेवालाई सहज बनाउनका लागि गरिव तथा विपन्न परिवारलाई उपचार मात्र होइन बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको सामाजिक सेवा ईकाइका प्रमुख आचार्यले बताए । विपन्न परिवारका विरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरुलाई कुरेर बस्ने आफन्तहरुलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको आचार्यले बताए ।

अस्पतालमा ६० देखि ८० वर्षसम्मका जेष्ठ नागरिकर्लाई ५० प्रतिशत सम्म सहुलियत रहेको छ भने ८० वर्ष माथिका जेष्ठ नागरिकलाइ पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ । ईकाई मार्फत सेवा प्राप्त गर्नका लागि सम्बन्धित पालिकाको सिफारिस, लक्षित समुहको परिचय पत्र, नागरिकता लगाएतको आवश्यक कागजपत्रहरु पेश गर्नुपर्ने नियम रहेको छ ।

अस्पतालले लक्षित समुहलाई तीन प्रकारको सेवा प्रवाह गर्दै आएको छ । जसमा ओपिडी सेवामा २ हजार ५ सयसम्मको जाँच उपचार सेवा निःशुल्क, आकस्मिक वा इर्मजेन्सि सेवातर्फ ५ हजार सम्मको सेवा उपचार निःशुल्क गर्दै आएको छ भने अपे्रशन तथा भर्ना भएका बिरामीहरुलाई १० हजारसम्म निःशुल्क सेवा प्रदान गर्ने गरेको छ । सेवा ईकाईले २४ घन्टा नै सेवा दिँदै आएको छ । सरकारले लक्षित समुहलाई छिटो छरितो र निःशुल्क सेवा दिने उद्देश्यका साथ लुम्बिनी प्रादेशिक अस्पताल बुटबल सहित देशभरका ८८ वटा अस्पतालमा ईकाई संचालन गरेको छ ।

आर्थिक अभावले कसैले पनि ज्यान गुमाउन नपरोस तथा जोखिममा नपरुन भन्ने उद्देश्यका साथ सबै जनतालाईलाई स्वास्थ्यको समान पँहूचमा ल्याउनेगरी सञ्चालन गरिएको सामाकाजिक ईकाईप्रति सेवाग्राही विगतभन्दा थप सचेत र आकर्षित बन्दै गएको अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले उल्लेख गरे ।

सिफारिस गर्ने स्थानीय सकारले लिदैनन् आर्थिक दायित्व :

स्थानीय सकारले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुका लागि विपन्न, गरिव तथा लक्षित समुदायको भनेर सिफारिस गर्ने बाहेक आर्थिक दायित्व पूरा नगर्दा समस्या थप जटिल बनेको छ । अस्पतालमा लुम्बिनी प्रदेश तथा अन्य प्रदेशका समेत बिरामीहरु उपचारमा आउँदा त्यहाँका स्थानीय सकारले विपन्न, गरिव तथा लक्षित समुदाय उल्लेख गरी सिफारिस गरी पठाउने प्रचलन रहेको छ । यसरी आउने बिरामीहरुलाई अस्पतालले सामाजिक सेवा ईकाइमार्फत निःशुल्क, आंशिस तथा सहुलीयत दरमा सेवा उपलब्ध गराए पनि त्यसको आर्थिक भार भने अस्पताल बिकास समितिलाई मात्रै पर्ने गरेको छ । सरकारले केही लक्षित रोगको उपचारका लागि अनुदान उपलब्ध गराए पनि उक्त रकम प्रयाप्त नभएको अस्पताल बिकास समितिका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

कतिपय स्थानीय सकारले हचुवाका भरमा बिरामीलाई गरिव विपन्न परिवार तथा लक्षित समुदाय भनेर सिफारिस गरिदिने समस्या समेत रहेको अस्पतालमा कार्यरत एक कर्मचारीले गुनासो गरे । स्थानीय सकारले नै यसरी गलत काम गरिदिँदा लक्षित समुदायले नभई अन्य समुदायले सेवाको दुरुपयोग गर्ने सम्भावना बढ्दै गएको ती कर्मचारीले गुनासो गरे ।

आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क अनुसार सामाजिक स्वास्थ्य सेवा इकाईबाट सबैभन्दा बढी सेवा लिएको जिल्ला रुपन्देहीमा बुटवल उपमहानगरपालिकाले उपचारमा छुटका लागि सबैभन्दा बढी सिफारिस लेखी पठाएको छ । बुटवल उपमहानगरले २ हजार ६१ जनालाई उपचारमा छुटका लागि सिफारिस लेखि पठाएकोमा अस्पताल बिकास समितिले ३७ लाख ५३ हजार ३१९ रुपैयाँ बराबर स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराएको छ । जस अन्तरगत २६ लाख ७५ हजार ८०४ रुपैयाँ बराबरको प्रयोगशाला जाँच छुट तथा १० लाख ७७ हजार ५१५ रुपैयाँ बराबरको औषधि खर्च छुट रहेको छ ।

यसैगरी समीक्षा अवधिमा तिलोत्तमा नगरपालिकाले ८२३ जनालाई उपचारमा छुटका लागि सिफारिस गरेकोमा १६ लाख ७७ हजार ५९० रुपैयाँ बराबरको उपचारमा छुट उपलब्ध गराइएको तथ्याङ्क छ । यो अवधिमा रुपन्देहीका सैनामैना नगरपालिकाले ५४६ जना, गैंडहवा गाउँपालिकाले ११० जना, कञ्चन गाउँपालिकाले २२७ जना, देवदह नगरपालिकाले २७५ जना तथा सुद्धोदन गाउँपालिकाले ५७ जनालाई उपचारमा छुटका लागि सिफारिस गरेका छन् । यस्तै सियारी गाउँपालिकाले १०७ जनालाई, कोटहिमाईले १० जना, रोहिणीले २५, मायादेवीले ३३, ओमसतियाले २४ तथा सम्मरिमाई गाउँपालिकाले ७ जना र लुम्बिनी साँस्कृतिक नगरपालिकाले ३० जनालाई उपचारमा छुट दिन सिफारिस गरेको छ । यसरी स्थानीय सकारका जनप्रतिनिधिहरुले उपचारमा छुट उपलब्ध गराउनका लागि सिफारिस गरे अनुसार अस्पताल बिकास समितिको आन्तरिक श्रोतबाट खर्च हुनेगरे विभिन्न क्याटोगोरीमा छुट उपलब्ध गराउने गरिएको अध्यक्ष श्रेष्ठले बताए । यद्यपी स्थानीय सकारले लक्षित वर्ग, गरिव तथा विपन्न परिवारका लागि उपचारमा निश्चित रकम विनियोजन गरेरमा अस्पताललाई आर्थिक भार कम पर्ने उनले बताए ।

अस्पताल विकास समितिको सीमित श्रोत र साधनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकाल बताउँछन् । अस्पतालमा यो कार्यक्रम अन्तरगत सामान्य उपचार खर्चमा मात्रै होइन विभिन्न जटिल प्रकारकारका शल्यक्रिया तथा औषधी खर्च उपलब्ध गराउने गरेको उनी बताउँछन् । स्थानीय सरकारले समेत सामाजिक ईकाईलाई थप प्रभावकारी र पहुँचमा ल्याउन निश्चित रकम छुट्याएर आफ्ना जनताहरुको उपचारमा खर्च गर्न सके राम्रो हुने बताउँदै उनले त्यसका लागि लुम्बिनी प्रादेशिक अस्पताल सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

सुद्धोदन गाउँपालिकाले ५७ जनालाई उपचारमा छुटका लागि सिफारिस गरेका छन् । यस्तै सियारी गाउँपालिकाले १०७ जनालाई, कोटहिमाईले १० जना, रोहिणीले २५, मायादेवीले ३३, ओमसतियाले २४ तथा सम्मरिमाई गाउँपालिकाले ७ जना र लुम्बिनी साँस्कृतिक नगरपालिकाले ३० जनालाई उपचारमा छुट दिन सिफारिस गरेको छ । यसरी स्थानीय सकारका जनप्रतिनिधिहरुले उपचारमा छुट उपलब्ध गराउनका लागि सिफारिस गरे अनुसार अस्पताल बिकास समितिको आन्तरिक श्रोतबाट खर्च हुनेगरे विभिन्न क्याटोगोरीमा छुट उपलब्ध गराउने गरिएको अध्यक्ष श्रेष्ठले बताए । यद्यपी स्थानीय सकारले लक्षित वर्ग, गरिव तथा विपन्न परिवारका लागि उपचारमा निश्चित रकम विनियोजन गरेरमा अस्पताललाई आर्थिक भार कम पर्ने उनले बताए ।

अस्पताल विकास समितिको सीमित श्रोत र साधनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकाल बताउँछन् । अस्पतालमा यो कार्यक्रम अन्तरगत सामान्य उपचार खर्चमा मात्रै होइन विभिन्न जटिल प्रकारकारका शल्यक्रिया तथा औषधी खर्च उपलब्ध गराउने गरेको उनी बताउँछन् । स्थानीय सरकारले समेत सामाजिक ईकाईलाई थप प्रभावकारी र पहुँचमा ल्याउन निश्चित रकम छुट्याएर आफ्ना जनताहरुको उपचारमा खर्च गर्न सके राम्रो हुने बताउँदै उनले त्यसका लागि लुम्बिनी प्रादेशिक अस्पताल सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ९ : ०० बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र