२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

अर्घाखाँचीको नरपानीमा होमस्टे व्यवस्थापन तालिम



अर्घाखाँची । पर्यटकीयस्थल नरपानी पोखेडाँडामा होमस्टे सञ्चालनका लागि होमस्टे व्यवस्थापन तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

होमस्टेको माध्यमबाट पर्यटक आकर्षण गराउने तथा स्थानीय स्तरमै रोजगारीको सृजना गरी आत्मनिर्भर बनाउने गरी उक्त कार्यक्रमको आयोजना गरिएको घरेलुु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपानेले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजना तथा सन्धिखर्क नगरपालिका-६ को समन्वयमा २० दिने होमस्टे व्यवस्थापन तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

होमस्टे व्यवस्थापन तालिममा नरपानी पोखेडाँडाका स्थानीय ५३ जनाको सहभागिता थियो । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले स्थानीय परिकार, अर्गानिक स्वाद तथा गाउँको न्यानो आतिथ्यताले पर्यटक आकर्षण गर्न आग्रह गरे ।

धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई लक्षित गरी सञ्चालन हुने होमस्टे सफल बनाउन स्थानीयलाई आग्रह गर्दै नगरपालिकाले सहयोग गर्ने बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले होमस्टे सञ्चालन गरी स्वरोजगार बन्न सकिने बताएका छन् । गाउँमै उत्पादन भएको स्थानीय परिकारलाई पाहुनाको स्वागतमा प्रयोग गर्न समेत आग्रह गरे ।

बीस दिनसम्म चलेको तालिममा १५ दिन स्थानीय पाक शिक्षासम्बन्धी र पाँच दिन सास्कृतिक कार्यक्रम जसमा स्थानीय कला सस्कृति झल्किने नृत्यको तालिम प्रदान गरिएको वडा अध्यक्ष श्रृधर महत्राले बताए ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ३ : ०९ बजे

नेपाली क्लाइम्बिङ टोली चीन जाने

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य

डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा

संवैधानिक इजलाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ

काठमाडौँ । सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरुपण, पारदर्शिता र

कांग्रेस र नेकपाको सभामुखमा अर्याललाई समर्थन, उपसभामुखमा दुबै दलको दाबी

काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस र प्रतिपक्ष दल