१३ पुस २०८२, आइतबार | December 28, 2025

मेयर बालेन दुई साताभित्र पदबाट राजीनामा दिने तयारीमा, संसदीय राजनीतिमा होमिँदै



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको सात बुँदे सहमतिपछि बालेनले औपचारिक रूपमा मेयर पद त्यागेर सक्रिय संसदीय राजनीतिमा प्रवेश गर्ने तयारी गरेका हुन् ।

आइतबार बिहान ४ बजे रास्वपाका शीर्ष नेतासँग भएको सहमतिपछि बालेनले राजीनामाको तयारी थालेका हुन् । मेयरका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार महानगरसँग सम्बन्धित केही महत्त्वपूर्ण काम टुंग्याएपछि मात्रै बालेनले पद छाड्नेछन् ।

“उचित समय आएपछि मेयरज्यूले राजीनामा दिनुहुन्छ । महानगरसँग सम्बन्धित केही बाँकी काम सकाएर दुई साताभित्र राजीनामा दिने तयारी छ,” उनले बताए ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भइसकेको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । रास्वपा र बालेनबीच भएको सहमतिअनुसार उनी पार्टीको संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढ्ने तयारीमा छन् ।

यसअघि आइतबार बिहान बालेन र रास्वपाका सभापति रवि लामिछानेबीच भएको छलफलपछि सात बुँदे सहमति सार्वजनिक गरिएको थियो । सो सहमतिले बालेनको राष्ट्रिय राजनीतिमा प्रवेश औपचारिक रूपमा सुनिश्चित गरेको राजनीतिक वृत्तमा चर्चा छ ।

मेयरका रूपमा शहरी व्यवस्थापन, अवैध संरचना नियन्त्रण र प्रशासनिक सुधारका कारण चर्चामा रहेका बालेन अब स्थानीय तहको नेतृत्वबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा सक्रिय हुने भएपछि राजधानीको राजनीति थप चासोको केन्द्र बनेको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ११ : ५९ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार