१ चैत्र २०८२, आइतबार | March 15, 2026

पूर्वगृहमन्त्री रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिने, पत्रकार सम्मेलनको पनि तयारी



काठमाडौं । भदौ २३ र २४ गते भएको घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगमा तत्कालीन गृहमन्त्री रमेश लेखकले आज बयान दिने भएका छन् । आयोगले बोलाएपछि लेखक आज बिहान ११ बजे बयान दिन उपस्थित हुने बताइएको छ ।

भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगले पूर्वगृहमन्त्रीको भूमिका र निर्णय प्रक्रियाबारे जानकारी लिन बयान लिने तयारी गरेको हो । उक्त घटनामा सुरक्षाकर्मीको हस्तक्षेपपछि १९ जनाको ज्यान गएको थियो ।

घटनापछि नै व्यापक आलोचना खेपेका लेखकले भोलिपल्ट अर्थात् भदौ २४ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता उनी सार्वजनिक रूपमा कमै देखिँदै आएका थिए ।

बयानपछि लेखकले आजै दिउँसो ४ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । उनले घटनाक्रम, आफ्नो भूमिकाबारे स्पष्ट पार्ने तयारी गरेको स्रोतले जनाएको छ ।

जाँचबुझ आयोगले घटनासँग सम्बन्धित राजनीतिक नेतृत्व, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालाको बयान संकलन गर्दै प्रतिवेदन तयार गरिरहेको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ७ : ५४ बजे

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा